नागढुंगाबाट ६ केजी सुन बरामद

प्रहरीले नागढुंगाबाट ६ केजी सुनसहित १ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी प्रभाग थानकोटको संयुक्त टोलीले आइतबार साँझ करिव ३ करोड मूल्य बराबरको सुन बरामद गरेको हो ।
६ वटा विस्कुटका पाता बरामद गरेको प्रहरी यसको मूख्य कारोबारीको खोजीमा जुटेको छ । प्रहरीले शनिबार मात्रै नागढुंगाबाटै १ भारतीय सहित ४ जनालाई ३ केजी सुन सहित पक्राउ गरेको थियो । पक्राउ परेका अभियुक्तको नाम प्रहरीले सावजनिक गरेको छैन । परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार पछिल्लो समय ठूलो परिमाणको सुन समूह समूह बनाएर तस्करी गर्ने गरेको बताए ।