अझै परमाणु बम बनाउदै किम जोङ उन «

अझै परमाणु बम बनाउदै किम जोङ उन

वासिङटन-अमेरिकी जासुसी एजेन्सीले उत्तर कोरियाले हालसालै मात्र कैयौ गोप्य स्थानमा परमाणु हतियार बनाउनका लागि इन्धन उत्पादनमा वृद्धि गरेको जनाएको छ । अमेरिकी अधिकारीले यो जानकारी दिएको एनबीसीको समाचारमा उल्लेख गरिएको छ ।
हालै मात्र उत्तर कोरियाले परमाणु हतियारका लागि युरेनियमको उत्पादन बढाएको पाँच अमेरिकी अधिकारीले बताएको समाचारमा उल्लेख गरिएको छ । अमेरिकी अधिकारीलाइ उद्र्धृत गर्दै समाचारका भनिएको छ,“हामीले गरेको मूल्यांकनबाट यो थाहा हुन आएको छ कि उत्तर कोरियासँग योगबीनमा परमाणु इन्धनको सुविधाका अतिरिक्त अन्य परमाणु साइट पनि छ ।”
उत्तर कोरियाले अमेरिकालाई धोखा दिने कोशिश गरिरहेको छ वा छैन भन्ने विषयमा अझै स्पष्ट नभएको अधिकारीले बताएका छन् । सीआईएले यो समाचारको विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । राज्य विभागले पनि यो समाचारका पुष्टि गरेको छैन । यो विषयमा ह्वाइट हाउसले पनि टिप्पणी गर्न अस्वीकार गरेको छ ।
१२ जुनमा सिंगापुरमा भएको बैठकमा उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पलाई आफुले परमाणु हतियारको कार्यक्रमलाई छोड्ने विश्वास दिलाएका थिए । उक्त आश्वासनपछि ट्रम्पले उत्तर कोरियाबाट अब आफुलाई कुनै पनि खतरा नभएको बताएका थिए । तर यो समाचारले कैयौ सवाल खडा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्