मध्यम उपभोक्ता रिझाउन गुगलको ‘ओरियो गो’ «

मध्यम उपभोक्ता रिझाउन गुगलको ‘ओरियो गो’

अहिले व्यावसायिक प्रतिस्पर्धा सूचना प्रविधिको दुनियाँ भन्दा अन्यत्र थोरै पाइन्छ । फिचर मोबाइललाई धेरै पछाडि छाडेर अगाडि आएको स्मार्टफोनहरूमा नयाँ नयाँ फिचर थपेर मोबाइल बनाउने कम्पनीहरूले स्मार्टफोन उपभोक्ता माझ ल्याउनु उनीहरूको व्यावसायिक धर्म नै हो ।
सूचना प्रविधिको क्षेत्रमा चर्चित कम्पनी गुगलले अपरेटिङ सिस्टम एन्ड्रोइडलाई सुधार गरेको छ । गुगलले आफ्नो व्यावसायिक बजारलाई विस्तार गर्न सस्तो स्मार्टफोनको बजारमा एन्ड्रोइडलाई प्रवेश गराउन खोजेको छ ।
सस्तो स्मार्टफोनलाई शक्तिकृत गर्न एन्ड्रोइडको लाइट वजन भएको भर्सन “ओरियो गो”लाई बजारमा ल्याएको छ । चीनपछिको ठूलो जनसंख्या भएको देश भारतमा आधारभूत फोनका उपभोक्ताको संख्या ठूलो छ । भारतको यो बजारमा आफ्नो बजारलाई कायम राख्न गुगलले एन्ड्रोइडको लाइट भर्सन ओरियो गोलाई ल्याएको छ ।
ओरियो गोले भारतको तारविहीन सेवा बजारमा आफ्नो प्रभाव छोडन सक्ने अपेक्षा गरिएको छ । एन्ड्रोइड ओरियो गो अपरेटिङ सिस्टमले प्रवेश तहमा स्मार्टफोनका लागि काम गर्न सक्छ । ५१२ मेगाबाइटसम्मको न्यून मेमोरीका साथ काम गर्न सक्ने गुगलको दाबी छ । यो सफ्टवेयर आउँदो केही महिनाभित्र पसल पसलमा धुम मचाउने विश्वास गुगलले गरेको छ । चीनपछिको दोस्रो ठूलो तारविहीन सेवा बजार भारत हो । यहाँ १ अर्ब २० करोड मोबाइल उपभोक्ता भएको बजार छ ।
यस्तो ठूलो बजारको एक तिहाइले मात्र स्मार्टफोनको उपयोग गरिरहेका छन् । यस्तोमा गुगलका लागि यो बजार ठूलो हुनेछ ।
गुगलको यो सफ्टवेयर अब भारतमा उपलब्ध भएको गुगलले जनाएको छ । यसबाट अर्ब बढी जनसंख्या भएको देशमा आम मानिसले स्मार्टफोनको प्रयोग गरी वेबको प्रयोग गरी एपको मजा लिन सक्नेछन् ।
भारतमा पछिल्ला केही वर्षमा चिनियाँ र स्थानीय फोन निर्माता कम्पनीहरूका कारण स्मार्टफोनहरूको मूल्यामा तीखो गिरावट आएको छ । तरपनि ती सस्ता स्मार्टफोनहरूले आम उपभोक्तालाई विभिन्न किसिमका आनन्दको अनुभव गराउन सकेको छैन ।
लो मेमोरी डिभाइसका लागि गुगलको एन्ड्रोइड ओरियोको गो भर्सनले बजारको विस्तार तीव्र गतिमा गराउने छ । यसबाट एप र गेमहरूलाई परिचालन गराउन सहयोग पुग्ने गुगलका प्रतिनिधि डेभ बुर्केले बताए । उनले भने, “एन्ड्रोइड गोबाट विश्वभरिका मानिसहरूलाई एन्ड्रोइडको अनुभव गराउन हामी चाहेका छौं ।”
नयाँ लाइट भर्सनको अपेरेटिङ सिस्टमले राम्ररी काम गर्छ भने हामीले स्मार्टफोनका खरिदकर्तालाई पहिलो पटक ३० अमेरिकी डलरदेखि ७५ अमेरिकी डलरबीचको खुद्रा मूल्यमा उपलब्ध गराउन सक्ने शोभित श्रीवास्तवले बताए ।
काउन्टपोइन्टका प्रविधि अनुसन्धानकर्ता श्रीवास्तवले भने, “गुगलका लागि यसले राम्रो अवसर उपलब्ध गराउनेछ । गुगलको गो भर्सनले स्थानीय भुक्तानी एप टेजको जस्तो सेवा बिक्री गर्न सहयोग गर्छ ।” टेज गत सेप्टेम्बरमा भारतीय बजारमा सार्वजनिक गरिएको थियो ।
गुगलको नयाँ मोबाइल अपरेटिङ सिस्टम भएका मोबाइलले गुगल पे अप्लिकेसन स्टोरसम्मको पहुँच कायम गराउनेछ । गुगलले लो मेमोरी भएको स्मार्टफोनमा राम्ररी एप चल्न सक्ने गरी यसलाई डिजाइन गरेको छ ।
गुगलले भारतीय बजारमा अन्य प्रविधि कम्पनीसँग प्रतिस्पर्धा गरिरहेको छ । भारतका नयाँ लाखौंलाख इन्टरनेट उपभोक्ताको ध्यान तान्न फेसबुकले आफ्नो सहयोगी कम्पनी ह्वाट्सएप मेसेन्जरमार्फत कार्य गरिरहेको छ । फेसबुकसँग प्रतिस्पर्धा गर्दै गुगलले रेल्वे स्टेसनहरूमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराइररहेको छ ।
भारतका ४० करोड इन्टरनेट इन्डियाबाट जोडिसकिएका छन् । उनीहरूमा भारतका सर्वाधिक धनी व्यक्ति मुकेश अम्बानीको कम्पनी रियलाइन्सले ल्याएको रियलाइन्स जिओको उपभोग गरिरहेका छन् । जियोले अहिले महिनाको ३ अमेरिकी डलरभन्दा कममा दैनिक १ गिगाबाइट डटा डाउनलोड गर्न उपभोक्ता माझ अफर बाँडेको छ
अन्य उत्पादनहरूको बारेमा जानकारी दिँदै गुगलले गुगल असिस्टयान्ट जियो फोनको घोषणा गर्यो । जियोले बजार व्यवस्थापन गरेको फोरजीलाई न्यून मूल्यमा बजारमा ल्याएको छ । दुई पांग्रे उपभोक्ताका लागि गुगलले गुगल म्याप पनि सो अवसरमा सार्वजनिक गर्यो ।
यसअघि सुस्त इन्टरनेट कनेक्सन वा लोअर एन्ड मोबाइल सर्भिस भएका व्यक्तिहरूसम्म आफ्नो पहुँच कायम गर्न गुगल गो ल्याएको थियो । यो डेटामैत्री सर्च एप हो । यसबारे पहिले अगस्टमा जानकारी दिइएको थियो । उदीयमान बजारमा सस्तो स्मार्टफोन लोकप्रिय भइरहेको तर यसले डिभाइसमा पर्याप्त ठाउँ उपलब्ध गराउने गरेको पाइएको थिएन । यस्ता सस्ता स्मार्टफोनमा ५ एमबीका एपलाई उपयोग गर्न गाह्रो हुने गरेको थियो । यस्ता उदीयमान देशहरूमा भारत महत्वपूर्ण देशको रूपमा रहेको छ । भारत लगायतका उदीयमान देशहरूको यस्तो बजारलाई ध्यान दिएर गुगल गोलाई ल्याइएको थियो । गुगल गो ल्याउनुको पछाडि गुगलले आफ्नो गो भर्सनको एन्ड्रोइडको बजार विस्तार गर्नु रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्