कम ग्रेड ल्याउनेलाई रोजगारमुखी व्यावसायिक तालिम «

कम ग्रेड ल्याउनेलाई रोजगारमुखी व्यावसायिक तालिम

एसईईमा बढी ग्रेड ल्याउनेको तुलनामा कम ग्रेड ल्याउने विद्यार्थी नै छोटो समयमै धेरै संख्यामा रोजगारमुखी हुने गरेका छन् । एसईईमा डी र ई गे्रड ल्याउने विद्यार्थीले टीएसईई तहको प्राविधिक र व्यावसायिक विषय अध्ययन गर्न पाउँछन् । यो गे्रडभित्र पर्ने विद्यार्थीहरूले प्राविधिक शिक्षा अध्ययनपछि विकास निर्माणलगायत सीपमूलक क्षेत्रबाट बढी आम्दानी गर्ने देखिएको छ । कम ग्रेड ल्याएका विद्यार्थीले प्राविधिक तथा सीपमूलक शिक्षा लिएको १ वर्षदेखि नै आर्यआर्जन र विकास निर्माणमा सहयोग गर्नसक्ने विज्ञले बताएका छन् ।
प्राविधिक तथा व्यावसायिक शिक्षा हासिलपछि तत्काल निर्माणलगायतका सीपमूलक क्षेत्रमा रोजगारमुखी हुने भएकाले कम गे्रड ल्याएका विद्यार्थीले प्राविधिक शिक्षा लिन विज्ञले सुझाएका छन् । प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले गरेको अध्ययनले एसएलसी परीक्षाका १.६ भन्दा कम ग्रेड हासिल गरेका विद्यार्थीले १५ महिने अध्ययनपछि रोजगार क्षेत्रमा जान सक्ने गरी दक्ष हुने जनाएको छ । सीटीईभीटीबाट ३ महिनेदेखि १५ महिनेसम्मको विभिन्न प्रकारका तालिमपछि रोजगार हुने दर ८० प्रतिशत रहेको छ । यस्ता विद्यार्थी केही वर्ष काम गरेर थप शिक्षाका लागि पुनः भर्ना पनि हुन सक्छन् । सीटीईभीटीका नीति निर्धारण तथा योजना महाशाखाका उपनिर्देशक प्रमोद आर्चायले प्राविधक शिक्षा लिएका विद्यार्थीले रोजगारीका लागि साधारण शिक्षा लिएका विद्यार्थीभन्दा छिटो जागिर पाउने गरेको जानकारी दिए ।
अब एसईईमा कम ग्रेड ल्याउने विद्यार्थीले नतिजा अफग्रेड गर्दै प्राविधिक शिक्षासमेत लिन पाउने छन् । सकारले एसईईमा कम ग्रेड आएका विद्यार्थीले प्राविधिक तथा व्यावसायिक शिक्षा लिन सक्ने विकल्प खुल्ला गरेपछि प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा विद्यार्थीको चाप पनि बढ्ने देखिन्छ । सरकारले कम ग्रेड ल्याएका विद्यार्थीलाई सीटीईभीटीमा भर्ना गर्न अनुरोध गर्दै सोका लागि पूर्वाधार पनि बढाउँदै लैजाने योजना छ ।
एसईई परीक्षामा १.६ जीपीएभन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा लिन सक्ने प्रावधान राखे पनि हालसम्म सो अनुसारको पूर्वाधार भने सीटीईभीटीमा छैन ।
१.६ गे्रडभन्दा कम ल्याउने विद्यार्थीका लागि सीटीईभीटीमा छोटो, १५ महिने र २० महिने ३ वटा गरी २ सयभन्दा बढी पाठ्यक्रम तय गरिएको छ । सीटीईभीटीमा टीएसएलसीतर्पm छोटो अवधिमा ३ महिने, १ वर्षे, र लामो अवधिका १५ र २९ महिने कक्षा सञ्चालन गर्दै आइरहेको छ । यी ४ वटा अवधिका तालिम सबै विगतमा एसएलसी फेल भएका हाल १.६ गे्रडभन्दा कम आएकाका लागि सञ्चालन गरिन्छ । त्यसमध्ये १५ महिने मेडिकल ल्याब्रोटरी टेक्नोलोजीमा सबैभन्दा धेरै कार्यक्रम छन् । यसअघि एसएलसी फेल गरेका विद्यार्थीको सबैभन्दा रोजाइको विषय यही हुने गरेको थियो । टीएसएलसी १५ महिने कार्यक्रमका लागि २५ वटा विषयमा कक्षा सञ्चालन हुँदैै आएको छ । मेडिकल ल्याब्रोटरी टेक्नोलोजी विषयमा देशभर ८४ कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ । त्यसैगरी टीएसएलसीमा सिभिल इन्जिनियरिङ देशभर ८३ कार्यक्रम सञ्चालन हुँदै आएको छ । २९ महिने टीएसएलसीका लागि ११ विषयमा कक्षा सञ्चालन गरिँदै आएको छ । यो २९ महिने टीएसएलसीका लागि जेटिए प्लान्ट साइन्समा धेरै ४० वटा शिक्षालय छन् । अघिल्लो वर्ष टीएसएलसी समूहतर्पmको २९ महिने कोर्सका लागि ३ हजार ३१५ र १५ महिने कोर्सका लागि २१ हजार २९० ले भर्ना पाएका थिए ।
सीटीईभीटीमार्फत ३ वर्षे डिप्लोमा तहका लागि २ दर्जनभन्दा बढी विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यसमध्ये सबैभन्दा बढी प्रवीणता तहको स्टाफ नर्समा ११० वटाभन्दा बढी कक्षा सञ्चालन गरिरहेको छ । यसमा देशभर ४ हजार ४० जना विद्यार्थीले अध्ययन गर्नसक्ने पूर्वाधार विकास गरिएको छ । त्यसैगरी स्वास्थ्य सहायक विषयमा ४७ स्थानबाट १ हजार ८९२ विद्यार्थी अध्ययन गर्नसक्ने गरी क्षमता विस्तार गरिएको छ । यसरी ल्याब टेक्निसियन, कृषि विज्ञान, फार्मेसी, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिक इन्जिनियरिङ, रेडियो थेरापीलगायतका विषय बढी अध्ययन गरिने विषय हुन् ।
टीएसएलसी १५ महिने तहमा सबैभन्दा बढी विद्यार्थीले रुचाएको विषय मेडिकल ल्याब्रोटरी प्रविधि हो । यसका लागि देशभरका ८४ संस्थाबाट ३ हजार ३६० विद्यार्थीले पढन पाउने क्षमता छ । यो कार्यक्रमअन्तर्गत सिभिल इन्जिनियरिङ, मेडिकल सहायक, जुनियर टेक्निकल सहायक लाइभस्टक, बाली विज्ञान, कम्प्यूटर इन्जिनियरिङ, इलेक्ट्रिक इन्जिनियरिङमा बढी विद्यार्थी भर्ना हुने गरेका छन् । २९ महिने टीएसएलसी समूहमा जेटिए विषयमा धेरैको रुचि रहेको देखिएको छ । यो विषय अध्ययन गर्नका लागि देशभर ४० स्थानमा खोखिएका शैक्षिक संस्थामार्फत १ हजार १२ विद्यार्थीले पढन सक्ने क्षमता रहेको छ ।
कति

 चाहिन्छ योग्यता

सीटीईभीटीबाट लिने विभिन्न प्रकारका तालिम लिन १.६ भन्दा कम ग्रेड भएकादेखि प्लस टु पास गरेका विद्यार्थीका लागि विभिन्न विषयमा इच्छाअनुसार पढ्न सकिन्छ । नियमित अध्ययन गर्न नसकेर बीचमा पढाइ छोडेका र तत्काल जागिर खान चाहने मानिसका लागि प्राविधिक शिक्षा विकल्प हुनसक्छ । यसमा सैद्धान्तिकभन्दा पनि व्यावहारिक शिक्षा दिने भएकाले धेरै पढन नसक्नेका लागि प्राविधिक शिक्षा उपयुक्त मानिन्छ ।

सामुदायिक विद्यालयको प्राविधिक शिक्षा

सीटीईभीटीमात्र नभएर शिक्षा विभागले पनि सामुदायिक विद्यालयमा कक्षा ९ बाट प्राविधिक शिक्षा सञ्चालन गर्ने निर्णय २०६८ सालमा गरी कक्षासमेत सञ्चालन भइसकेको छ । यसरी सुरु गरेको २ व्याचले एसईई पनि दिइसकेका छन् । सोही निर्णयानुसार २०७० सालदेखि कक्षा ९ मा प्राविधिक शिक्षाको ९९ वटा विद्यालयमा पठनपाठन प्रारम्भ भएको शिक्षा विभाग प्राविधिक तथा व्यावसायिक शिक्षा शाखाका अधिकृत राजन पाण्डेले जानकारी दिए । “२०७२ सालदेखि ९३ सामुदायिक माध्यमिकमा कक्षा ११ मा प्राविधिक शिक्षाको पठनपाठन प्रारम्भ भयो ।” उनले कारोबारसँग भने, “यसरी नै २०७१ सालदेखि कक्षा ११ मा पठनपाठन पनि प्रारम्भ गरिएको छ ।” बढ्दो बेरोजगारदर घटाउन सीटीईभीटीको पहुँच सबै स्थानमा पुग्न नसकेपछि अहिले विद्यालय तहमा नै इन्जिनियरिङतर्पm सिभिल, इलेक्ट्रिकल, कम्प्युटर, कृषि तथा पशु विज्ञानतर्पm बाली विज्ञान र पशु विज्ञानका कार्यक्रम सञ्चालन गरिएको छ । प्रारम्भमा ९९ विद्यालयमा परीक्षण गरिएको यो कार्यक्रम अहिले २८५ विद्यालयमा सञ्चालनमा छ । विद्यालयस्तरमा प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन निर्देशिका–२०६९ का आधारमा सामुदाियक विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गरिएको हो । २०६९ को निर्देशिकाबाट कार्य सञ्चालनमा कठिनाइ भएकाले सो निर्देशिकालाई खारेज गरी विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन (पहिलो संशोधन) निर्देशिका, २०७१ जारी गरी यस शिक्षालाई सरल र सहज रूपमा प्राप्य बनाइएको हो ।

सीटीईभीटीका पाठ्यक्रमहरू
डिप्लो तह
टीएसएलसी
छोटो समयका तालिम कार्यक्रम

 

प्रमोद आचार्य
उपनिर्देशक
नीति निर्धारण तथा योजना महाशाखा
सीटीईभीटी
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीको मुख्य उद्देश्य भनेको रोजगारी दिनु
नै हो । यसमा शैक्षिक नतिजा कम भएका र धेरै भएका दुवै समूहका युवाका लागि अवसर हुने
गरेको छ । कम शैक्षिक योग्यता भए वा कम ग्रेड ल्याएका विद्यार्थीलाई प्राविधिक शिक्षा तथा
व्यावसायिक तालिम दिएर देश विकासमा लगाई आयआर्जन र रोजगारी सिर्जना गर्नु हो ।
टीएसएलसी र डिप्लोमा तहको अध्ययनका लागि सीटीईभीटीसँग५२ हजार कोटा क्षमता छ
।सरकारले आउने आर्थिक वर्षदेखि प्रत्येक प्रदेशमा नमुना प्राविधिक शिक्षालय र प्रत्येक स्थानीय
तहमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र स्थापना गर्ने भएको छ । सीटीईभीटीले
प्रत्येक प्रदेशमा वार्षिक रूपमा ६ हजार युवालाई छोटो अवधिको तालिम दिने गरी योजनाअघि
बढाएको छ । यसरी तालिम सञ्चालन गर्दा स्थानीय आवश्यकताअनुसार स्थानीय साधनस्रोतको
प्रयोग गरी तालिम कार्यक्रम सञ्चालन गरिने छ ।सीटीईभीटीमा २०४५ सालदेखि जनशक्ति
माग नगरिएकाकारण हाल प्राविधिक, शिक्षक तथा कर्मचारीकोअभाव छ । रिक्त दरबन्दीमा
विगत लामो समयदेखिअस्थायी तथा करारबाट पदपूर्ति गरिँदै आएको छ। अब अभाव रहेको
जनशक्तिको पदपूर्ति गरीतालिमसमेत सञ्चालन गर्ने योजना रहेको छ । टीएसएलसी तह र
छोटो अवधिका तालिमका लागि लगभग ५० हजार विद्यार्थी भर्ना क्षमता रहेको सीटीईभीटीले
जनाएको छ । सीटीईभीटीका अनुसार एलएलसी परीक्षामा १.६ जीपीएभन्दा कम ग्रेड प्राप्त
गरेका विद्यार्थीका लागि पनि उच्च शिक्षा अध्ययन गर्न विभिन्न अवसर रहेको बताए ।
एसएलसी वाएसईईमा कम ग्रेड ल्याएका सबै विद्यार्थी भर्नाका लागि आउने सम्भावना
नभए पनि कम ग्रेड ल्याएका विद्यार्थीको भर्ना प्रक्रिया अघि बढाइ सकिएको छ ।


राजन पाण्डे

अधिकृत
शिक्षा विभाग, प्राविधिक तथा व्यावसायिक शिक्षा शाखा
विद्यालय शिक्षामा प्राविधिक तथा व्यावसायिक शिक्षाको व्यवस्थाबाट कार्यमूलक, व्यावहारिक,
प्राविधिक तथा व्यावसायिक सीपयुक्त जनशक्ति उत्पादन गरी श्रम बजारमा सहज प्रवेशको
सम्भावना बढाउन निर्देशिका जारी गरिएको छ । शैक्षिक उत्पादनको गुणात्मकता वृद्धिका
लागि विद्यालयहरूमा प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्नका निमित्त विभिन्न
निकायहरूको भूमिका र जिम्मेवारी तय गरी विद्यालय क्षेत्र सुधार कार्यव्रmमको परिलक्षित
उद्देश्य र लक्ष्य परिपूर्तिका निर्देशिका जारी विद्यालयमा प्राविधिक तथा व्यवसायिक शिक्षा
शुरु गरिएको हो ।७३ जिल्लामा एक एकओटा सामुदायिक माध्यमिक विद्यालयमा १५
महिने प्राविधिक एसएलसी सरहको कार्यक्रम कृषि, सिभिल इन्जिनियरिङ, पशुपालन,
कम्प्युटर, इलेक्ट्रिकल र अटोमोबाइल विषयमा पठनपाठन सञ्चालन गरिएको छ ।
यस्ता कार्यक्रम मनाङ र मुस्ताङ जिल्लामा मात्र सञ्चालनमा छैनन् ।७३ वटा सामुदायिक
माध्यमिक विद्यालयअन्तर्गत २१ वटा विद्यालयमा प्रवीणता प्रमाणपत्र तह
सरहको ३ वर्षे डिप्लोमा तहको बाली विज्ञान, सिभिल इन्जिनियरिङ, कम्प्युटर र इलेक्ट्रिकल
विषयको पठनपाठन सञ्चालन गरिएको छ । २०७२ सालदेखि ९३ सामुदायिक माध्यमिकमा कक्षा
११मा प्राविधिक शिक्षाको पठनपाठन प्रारम्भ गरिएको हो । यसरी नै २०७१ सालदेखि कक्षा
११ मा पठनपाठन पनि प्रारम्भ गरिएको थियो । बढ्दो बेरोजगार दर घटाउन सीटीईभीटीको
पहुँच सबैस्थानमा पुग्न नसकेपछि अहिले विद्यालय तहमा नै इन्जिनियरिङतर्पm सिभिल,
इलेक्ट्रिकल,कम्प्युटर, कृषि तथा पशु विज्ञानतर्पm बाली विज्ञान र पशु विज्ञानका कार्यक्रम
सञ्चालन गरिएकोछ । प्रारम्भमा ९९ विद्यालयमा परीक्षण गरिएको यो कार्यक्रम अहिले
२८५ विद्यालयमा सञ्चालनमा छ । विद्यालयस्तरमा प्राविधिक तथा व्यावसायिक शिक्षा
सञ्चालन निर्देशिका–२०६९का आधारमा सामुदाियक विद्यालयमा प्राविधिक तथा व्यावसायिक
शिक्षा सञ्चालन गरिएको हो । २०६९ को निर्देशिकाबाट कार्य सञ्चालनमा कठिनाइ भएकाले सो
निर्देशिकालाई खारेज गरी विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन
(पहिलो संशोधन) निर्देशिका, २०७१ जारी गरी यस शिक्षालाई सरल
र सहज रूपमा प्राप्य बनाइएको हो ।

 

प्रतिक्रिया दिनुहोस्