ओप्पो एफ फाइभ ब्लाक इडिसन नेपालमा

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओप्पोले ब्लाक इडिसनको एफ फाइभ सिक्स नेपाली बजारमा भित्र्याएको छ । यो युवा पुस्तालाई लक्षित गरिएको ६ जीबी र्यामसहितको सेल्फी एक्सपर्टको नयाँ मोडेल हो ।
यो फोनमा ६ जीबी र्यामको साथमा ६४ जीबीको स्टोरेज सुविधा छ । सेल्फी लभरका लागि तयार गरिएको भनिएको यो मोडेलको अर्को विशेषता भनेको एआई ब्यूटिफिकेशन प्रविधिको प्रयोग पनि हो । २ सयभन्दा बढी फेशियल रेकग्निशन स्पट्ससहितको यो प्रविधिले अनुहारको ग्लोबल डाटाबेसमार्फत फेशियल फिचर्स, आकारप्रकार, स्किन टोन तथा टाइप, लिंग, उमेरलगायत आधारमा फरक छुट्याएर ब्यूटिफिकेशन सुविधा उपलब्ध गराउने गर्दछ । नेपाली बजारमा ४४ हजार मूल्य तोकिएको यो फोनमा ६ इञ्चको पूर्ण एचडी फुल स्क्रिन डिस्प्ले छ ।
कम्पनीले ओप्पो एफफाइभ यूथ लाइट भर्सन पनि सार्वजनिक गरेकोे छ । नेपाली बजारमा उपलब्ध यो फोनमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा र १३ एमपी रियर क्यामेरा जडान जडित छ । सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा परिचित ओप्पोले नयाँ फोनमा बिल्ट–इन ब्यूटिफिकेशन प्रविधिलाई परिष्कृत गर्दै स्मार्ट आर्टिफिसियल ईन्टेलिजेन्सी र ओप्टिमाइजेसन्स समाहित गरेको कम्पनीले जनाएको छ । कम्पनीले यसको मूल्य २७ हजार ९ सय ९० रुपैयाँ तोकेको छ ।