प्रवासीका लागि एसियाका सहर सर्वाधिक महँगा «

प्रवासीका लागि एसियाका सहर सर्वाधिक महँगा

सिंगापुर-समग्र आधारमा विश्वकै महँगो सहरको रुपमा केही वर्षदेखि लगातर सिंगापुर रहदै आएको छ । तर प्रवासीका लागि पनि विश्वकै पाँच महँगा सहर मध्ये ४ एसियामै परेका छन् । २०१८ को जिवनयापनको लागत सर्भेमा मर्सरले यो तथ्य सार्वजनिक गरेको हो । सर्वाधिक महँगा पाँच सहरमा एक मात्र युरोपेली सहर परेको छ ।
मर्सरको वार्षिक सर्भेले २ सय सामान्य खर्चहरुलको मूल्यलाई आधार मानेर यो निश्कर्ष निकालेको हो । यसमा आवास, यातायात, लत्ता कपडा, खाद्यान्न, मनोरन्जन र ग्यास लगायका विषयमा हुने खर्चलाई समावेश गरिएको छ ।
न्यूर्योक सहरलाई आधा मानेर यो निश्कर्ष निकालिएको हो । यसमा अमेरिकी डलरको तुलनामा विभिन्न मुलुकको मुद्रा गतिविधिलाई आधार मानिएको छ ।
यो मामिलाम शीर्ष १० को सूचीम अमेरिकी सहरहरु परेका छैनन् । सूचीमा एसियापछि युरोप र अफ्रिकाका सहरहरु परेकमा छन् । स्वीट्जरल्यान्डको बर्न सर्वाधिक महँगो सहरको सूचीमा १० औं स्थानमा परेको छ । यसपछि चीनको बेइजिङ नवौं स्थानमा परेको छ भने चाडको जामेना ८ औं, चीनकै सांघाइ सातौ र एंगोलाको लुआन्डा छैटौ स्थानमा परेका छन् ।
सूचीको पहिलो स्थानमा हङकङ परेको छ । दोस्रोमा पनि एसियाली सहर टोकियो परेको छ ।तेस्रोमा मात्रै गैर एसियाली सहर स्वीट्जरल्यान्डको जुरिच परेको छ भने चौथो र पाँचौमा पनि एसियाली सहरहरुनै परेका छन् । जुरिचपछि चौथो स्थानमा सिंगापुर र पाँचौ स्थानमा दक्षिण कोरियाली सहर सोल परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्