छ्याङदी जलविद्युत्को वित्तीय व्वस्थापन «

छ्याङदी जलविद्युत्को वित्तीय व्वस्थापन

लमजुङमा निर्माण हुन लागेको ४ मेगावाटको माथिल्लो छ्याङदी खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । छ्याङ्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनामा बैंक अफ काठमाडौंको अगुवाइमा कुमारी बैंकले पनि ऋण लगानी गर्ने सम्झौतासँगै वित्तीय व्यवस्थापन भएको हो । करिब ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंक अफ काठमाडांैले ३३ करोड ३० लाख रुपैयाँ र कुमारी बैंकले २२ करोड २० लाख रुपैयाँ ऋण लगानी गर्न लागेको छ । सोमबार कम्पनीका प्रबन्ध सञ्चालक एलबी थापा र बिओकेका कर्पोरेट प्रमुख पुष्पराज भण्डारीबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आगामी कात्तिकबाट निर्माण सुरु गर्ने आयोजनाको निर्माणकार्य २० महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट वार्षिक २२.३०६ गिगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

 

प्रतिक्रिया दिनुहोस्