सरकार सफल पार्न ९ सचिवका ९ कार्यदल «

सरकार सफल पार्न ९ सचिवका ९ कार्यदल

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठवन्धन सरकार सफल बनाउन ९ जना सचिवको नेतृत्वमा ९ वटा कार्यदल गठन गरेको छ । मूख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा गठित सचिव बैठकले प्रधानमन्त्री कार्यालय, गृह, अर्थ, सामान्य प्रशासन, संघीय मामिला लगायत ९ वटा मन्त्रालयका सचिवको नेतृत्वमा छुट्टाछुट्टै ९ कार्यदल गठन गरेको हो । कार्यदललाई सरकारको वार्षिक नीति तथा कार्यक्रम अनुसार चुस्त प्रशासन/सुशासन, शान्ति–सुरक्षा, बजेटले तर्जुमा गरेका एजेन्डा कार्यान्वयन लगायत विषय प्रभावकारी कार्यान्वयनका लागि असार १५ गते भित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । “नीति तथा कार्यक्रममा समाबेस भएका राष्ट्रिय महत्वका विषयमा कार्यक्रमगत अवधारणा र कार्यान्वयन रणनीति तयार गर्न ९ जना सचिवको नेतृत्वमा छुट्टाछुट्टै कार्यदल गठन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।” प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिए ।
बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव लालशंकर घिमिरेको अध्यक्षतामा संघीय संरचना अनुसार राष्ट्रिय तथ्यगत विवरण तयार पार्ने जिम्मेवारी दिएको छ । त्यस्तै सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा सूचना प्रविधिको विकास र नागरिक अधिकार मोवाइल एप्स सम्वन्धि कार्य, दोहोरो अंकको ननिक आर्थिक वृद्धि हाँसिल तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने सम्वन्धमा अर्थ सचिव, लगानीमैत्री बाताबरण र सेवा गुणस्तर कायम गर्ने सम्वन्धमा उद्योग वाणिज्य तथा आपूर्ती सचिव र संघीयता कार्यान्वयनका सन्दर्भमा नेपाल स्थित विदेशी नियोग र निकाय तथा विभिन्न तहका सरकारबीच सहयोग र भेटघाटको जिम्मेवारी सम्हाल्ने गरी काम गर्ने जिम्मा कस्तो रहने भन्ने खाका बनाउन परराष्ट्र मन्त्रालयका सचिवलाई दिइएको छ । यसैगरी शान्तिसुरक्षा, विकास र अन्तरक्षेत्रगत समन्वयको जिम्मा गृह मन्त्रालय र संघीय तथा सुशासनमाथी नियमन र निगरानी राख्ने जिम्मा प्रधानमन्त्री कार्यालयका सचिवले गर्नेगरी खाका बनाउने जिम्मा दिइएको छ । जिम्मेवारी तोकिएका मन्त्रालयका सचिवले असार १५ गतेभित्र सुझाव सहितको प्रतिवेदन पमूख्यसचिव रेग्मीसमक्ष बुझाउने छन् । त्यसपछि सरकारले लिएका नीति तथा कार्यक्रम, सुशासन र विकासबारे सरकारको रणनीति अनुसार प्रतिवेदन कार्यान्वयनमा लैजाने मन्त्रीपषिद कार्यालयको तयारी छ । प्रतिवेदनको टुंगो लागेपछि विषयगत समितिमा रहने सचिवको चयन मूख्यसचिवले गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्