आजको रात पीडादायी संक्रमणकालको अन्तिम रात: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको सफलतासँगै नेपाल स्थायी शान्ति, आर्थिक समृद्धि र राजनीतिक स्थिरताको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । बिहीबार प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएलगत्तै नेपाली जनतालाई बधाई दिएका प्रधानमन्त्री देउवाले देश नयाँ युगमा प्रवेश गरेको बताएका हुन् । “आजको रात पीडादायी संक्रमणकालको अन्तिम रात हुनेछ, भोलको विहानीसँगै नेपाल स्थायी शान्ति, आर्थिक समृद्धि र राजनीतिक स्थिरताको नयाँ युगमा प्रवेश गर्नेछ,” प्रधानमन्त्री देउवाले भनेका छन् ।
निर्वाचन बिथोलेर हिंसा र अस्थिरताको दुष्चक्रमा फसाउन खोज्ने तत्व सक्रिय भएपनि आफ्नो परिश्रम र प्रतिवद्धताको परिणाम तीनै तहको निर्वाचन सम्पन्न भएको भन्दै उनले नेपाललिे शिर उठाई बाँच्न पाउने युगको सुरुवात भएको बताए । निर्वाचनको सफलतासँगै ७ दशक लामो राजनीतिक अस्थिरता, सशस्त्र द्वन्द्व र संक्रमणकालपछि नेपाल बल्ल शान्ति, समृद्धि र राजनीतिक स्थिरताको युगमा प्रवेश गरेको उनको भनाइ छ । “यो ऐतिहासिक र उल्लासपूणर््ा घडीमा म सम्पूर्ण नेपाली जनतालाई हार्दिक बधाई दिन चाहन्छु,” उनले भनेका छन् । असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउनु, निर्वाचन सम्पन्न गराउनु सामान्य विषय नभए पनि आफुले सम्भव बनाएको उनले बताएका छन् ।