बहिरा आवासीय विद्यालय सुरुभोजपुर «

बहिरा आवासीय विद्यालय सुरुभोजपुर

भोजपुर नगरपालिकामा रहेको बहिरा आवासीय विद्यालयको भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आलेले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । विद्यालय उद्घाटन गर्दै मेयर आलेले बहिरा आवासीय विद्यालयलाई चार वर्षसम्म आर्थिक समस्या हुन नदिने बताएका छन् । नगरपालिकालाई समुन्नत गगरपालिका बनाउन पहिले शिक्षा र स्वास्थ्य राम्रो हुनु पर्नेमा जोड दिँदै सोही अनुरुप विद्यालयलाई कुनै समस्या हुन नदिने बताएका हुन् । आलेले आदर्शमा मात्र नभई वास्ताविक रूपमा कल्याणकारी काम गरी सबै अगाडि बढ्नु पर्ने बताए । उनले भने, “आदर्श मात्र देखाएर काम नगरी सामाजिक संजालमा पपुरालिटी कमाउने काम मात्र भइरहेकाले यस्तो नगरी पवित्र मन्दिरलाई निस्वार्थ रूपमा सहयोग गर्नु पर्ने हो तर धेरैले आश्वासन दिने मात्र काम भइरहेको छ,” उनले भने । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले विद्यालय संरक्षण गर्नका निमित्त नेतृत्व र दायित्व कसको भन्ने कुरा ठूलो रहेको बताएकी छिन् । पौडेलले विभिन्न ठाउँमा रहेका बहिरा बालबालिकालाई विद्यालयसम्म ल्याउन सबै विद्यालयले सहयोग गर्न समेत आग्रह गरेकी छिन् । 

प्रतिक्रिया दिनुहोस्