स्वास्थ्य सेवा मुख्य प्राथमिकतामा : मुख्यमन्त्री भट्ट «

स्वास्थ्य सेवा मुख्य प्राथमिकतामा : मुख्यमन्त्री भट्ट

डडेल्धुरा-  सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भटट्ले सात नम्बर प्रदशेका पहाडी जिल्लाका दुर्गम क्षेत्रसम्म सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पुर्याउनु आफ्नो सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । सात नम्बर प्रदेशको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा इण्डोस्कोपी सेवाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । विगतका दिनमा सात नम्बर प्रदेशका पहाडी जिल्लाका दूरदराजका जनताले सिटोमोलसम्म पाउन नसकेको बताउँदै उनले अब स्वास्थ्यको पहुँचबाट टाढा रहेका जनतलाई सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले नीति तथा कार्यक्रम र बजेटमा समेत व्यवस्था गरिसकेको बताए ।
स्थानीय सरकारसँग मिलेर ग्रामिण क्षेत्रबाटै काम शुरु गर्नका लागि प्रदेश सरकारले कार्यक्रम ल्याइरहेको समेत मुख्यमन्त्री भटट्ले स्पष्ट पारे । उपक्षेत्रीय अस्पताल डडेल्धुरालाई नमुना अस्पतालको रुपमा विकास गर्नेसमेत उनले प्रतिबद्धता व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्