कुपण्डोलमा भूमिज कलेक्सनको शाखा «

कुपण्डोलमा भूमिज कलेक्सनको शाखा

काठमाडौं-भूमिज कलेक्सन एन्ड बुटिकले कुपण्डोलमा आफ्नो दोस्रो शाखा विस्तार गरेको छ । काठमाडौंको नयाँ सडकबाट महिला पहिरनका उत्पादनको तीव्र बजारीकरण गरिरहेको भूमिजले सेवाग्राहीको चाप बढेपछि ललितपुरको कुपण्डोलमा शाखा विस्तार गरेको जनाएको छ । शनिबार एक कार्यक्रमकाबीच नायिका सञ्चिता लुइँटेल तथा ओशो तपोवनका सञ्चालक स्वामी अनन्द अरुणले भूमिज कलेक्सनको कुपण्डोल शाखाको उद्घाटन गरेका हुन् । शाखा उद्घाटनको अवसरमा कुपण्डोल शाखाबाट हरेक सामान खरिद गर्दा असार महिनाभरि ग्राहकले विशेष किसिमको उपहार तथा छुट पाउने कम्पनीले जनाएको छ । फेसन डिजाइनिङ पेसामा आबद्ध ममता गुप्ता र मञ्जु खरेलले संयुक्त रूपमा नयाँ सडकमा ३ वर्ष पहिले बुटिक सञ्चालनमा ल्याएका थिए । ३ वर्षको अवधिमा आफ्ना उत्पादनले स्वदेश तथा विदेशमा बेग्लै पहिचान बनाएको भन्दै त्यो सफलतालाई अझै विस्तार गर्न शाखा विस्तार गरिएको सञ्चालकको भनाइ छ । समयअनुसार चलन चल्तीको फेसनमा नौलो प्रयोग गरिएका उत्पादनहरू सुपथ मूल्यमा सहज तरिकाले उपलब्ध गराएका कारण बजार विस्तार सहज बनेको कलेक्सनकी सञ्चालक ममता गुप्ताको भनाइ छ । यस्तै, सेवाग्राहीलाई बुटिकले भिडियो कलबाट पहिरनको डिजाइन, नाप तथा अन्य विबरण लिएर सेवाग्राहीको घरमा सामान पुराउने गरेकाले लोकप्रियता बढेको भूमिज कलेक्सनका अर्का सञ्चालक मञ्जु खरेलले भनिन् ।

प्रतिक्रिया दिनुहोस्