वीरगन्ज महानगरको बजेट झण्डै पाँच अर्ब «

वीरगन्ज महानगरको बजेट झण्डै पाँच अर्ब

वीरगन्ज- वीरगन्ज महानगर, बजेट, प्रदेश नम्बर २, शान्ति कार्की, राजस्ववीरगन्ज महानगर, बजेट, प्रदेश नम्बर २, शान्ति कार्की, राजस्ववीरगन्ज महानगरको बजेट झण्डै पाँच अर्बनीरज पिठाकोटेवीरगन्ज, १० असार । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले झण्डै पाँच अर्बको बजेट प्रस्तुत गरेको छ । आईतबार सम्पन्न दोश्रो नगरसभाले आर्थिक बर्ष २०७५-०७६ का लागि चार अर्ब ९४ करोड ३१ लाख ७७ हजार रुपैंयाको बजेट प्रस्ताव गरेको हो ।  नगर सभामा वीरगन्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले बजेट प्रस्तुत गरेकी थिईन् । प्रस्तावित बजेट मध्य नेपाल सरकारबाट सशर्त अनुदान ५५ करोड, प्रदेश सकारबाट सशर्त अनुदान ३ करोड, केन्द्र सरकारका कार्यक्रमसँग आबद्ध रकम २५ करोड ४६ लाख ७६ हजार, वैदेशिक श्रोततर्फ विभिन्न परियोजना कार्यान्वयनका लागि २ अर्ब, ६१ करोड, ८२ लाख ९५ हजार, नगर विकास कोषको पूर्वस्वीकृत ऋणबाट २३ करोड २७ लाख ३५ हजार रहने जनाएको छ ।
त्यस्तै महानगरपालिकाले आफ्नै प्राथामिकतामा विनियोजन गर्न सक्ने रकमतर्फ नेपाल सरकारको समानीकरण अनुदानबाट ४३ करोड १७ लाख, प्रदेश सरकारको समानीकरण अनुदानबाट ७७ लाख ९९ हजार, राजस्व बाँडफाँडबाट २२ करोड १८ लाख २० हजार, आन्तरिक आयकर, सेवा शुल्क र दस्तुबाट ५९ करोड ५३ लाख ६० हजार रुपैंया आय हुने अनुमान गरिएको छ ।  चालू खर्चतर्फ १ अर्ब ४४ करोड ७९ लाख नौ हजार विनियोजन गरिएको छ । त्यस्तै पूँजिगत खर्चतर्फ ३ अर्ब, ५१ करोड, ४३ लाख ८५ हजार र वित्तीय व्यवस्थामा १ करोड ५८ लाख ८३ हजार गरि कूल चार अर्ब ९७ करोड ८१ लाख ७७ हजार विनियोजन गरेको छ । यो कूल बजेटको चालू तर्फ २९.१ प्रतिशत, पूँजीगततर्फ ७०.६ प्रतिशत र वित्तिय व्यवस्थातर्फ ०.३ प्रतिशत रहेको प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।  विनियोजित बजेटको क्षेत्रगत रुपमा पूर्वाधार विकासक्षेत्र तर्फ ३ अर्ब ३६ करोड ६० लाख ८५ हजार, वातावरण तथा विपद व्यवास्थापनक्षेत्रमा १ करोड ९१ लाख ५० हजार, सामाजि विकासतर्फ ८५ करोड ५५ लाख २३ हजार, कृषि पर्यटन समे आर्थिक विकासतर्फ २ करोड २० लाख ६७ हजार, सामाजिक सुरक्षा भत्तामा २० करोड र अन्यमा ५१ करोड ५३ लाख ५२ हजार बजेट विनियोजन गरेको छ । 
  महानगरको नीति तथा कार्यक्रम 
वीरगन्ज महानगरले आर्थिक विकासको नीति, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन नीति संस्थागत विकास, सेवा प्रवाह र सुशासन लगायतका पाँचबुँदे नीति उल्लेख गरिएको भएपनि यसमा ठोस कुराहरु भने उल्लेख गरिएको छैन । सभ्य र समृद्ध वीरगन्ज महानगरको  दीर्घकालिन योजनाहरु बने बनाएको छ । त्रिभुवन विश्व विद्यालयपछि सबैभन्दा पूरानो क्याम्पस ठाकुराम बहुमुखी क्याम्पसलाई आधार बनाएर वीरगन्ज विश्व विद्यालय संचालन गर्न प्रदेश र संघीय सरकार तथा अन्य सम्बन्धित निकायसँग आवश्यक समन्वय बढाउने, कृषि औजार कारखानालाई कृषिमा आधारति इञ्जिनियरिङ कलेज बनाउन सम्भाव्यता अध्ययन अगाडि बढाउने भएको छ ।  महानगरमा रहेको मुख्य नालाहरुलाई ढाकेर नालामाथि हलुका सवारी साधन चल्ने वैकल्पिक बाटोको निर्माण कार्य शुरु गर्ने योजना रहेको जनाएको छ । सिर्सिया करिडोर निर्माणको लागि कार्य प्रारम्भ गरिने र सिर्सिया रिभर फ्रण्ट आयोजनालाई बहुबर्षीय लगानी योजना सहित यसक्षेत्रलाई आर्थिक पर्यटकीय तथा वातावरणीय योजनाको रुपमा विकास गर्ने जनाएको छ ।  भोडाहा नदी, सिंघा खोला किनारको भू–भागमा रहेको ऐलानी, पर्ति जग्गा खोजविन गरि उक्त जग्गामा विभिन्न किसिमका वाटर फन पार्क, मनोरञ्जनात्मक हाटेल, पार्कको व्यवस्था गर्न निजीक्षेत्रसँग निर्माण स्वामित्व संचालन र हस्तान्तरण (द्यइइत्) प्रणालीमा संचालन गर्ने र यसले स्थानीयवासीको आर्थिक स्थितिमा पनि सुधार ल्याउने अपेक्षा गरेको छ । यातायात गुरुयोजना, वीरगन्जमा चक्रपथ निर्माण पूरानो बसपार्कमा व्यापारिक भवन, लगायतका योजनाहरु राखेको छ । त्यसैगरी विदेशबाट आयात गरिएका सिमेण्टको लागि चाहिने कच्चा पदार्थ क्लिंकर तथा धूलो कार्गोको लागि रेल्वे यार्डको स्थापना गर्न सम्बन्धित पक्षसँग सहकार्य गरिने जनाएको छ । 

वडाका जनप्रतिनिधिहरुद्वारा विरोध 
वीरगन्ज महानगरपालिकाको दोश्रो नगरसभा शुरुहुनुभन्दा अघि नगरपालिकाका विभिन्न वडाका वडा सदस्यहरुले विभिन्न १२ बुँदे माग राख्दै विरोध पनि जनाएका छन् । वडा अध्यक्षहरुको जति नै तलब सुविधा हुनुपर्ने विकासको काममा आएको रकमको ४० प्रतिशत वडा अध्यक्ष र ६० प्रतिशत वडा सदस्यहरुले पाउनुपर्ने, बैठक भत्ता १० हजार अनिवार्य, प्रतिमहिना १० हजार तलब, भ्रमण खर्च, औषधि उपचार खर्च, वीमा अवधीभर, मोटरसाईकल लगायतका सेवा सुविधा दिनुपर्ने भन्दै वडा सदस्यहरुले नगरसभामा अनुपस्थित भएका थिए । वडाको बजेट वडाबाटै खर्च गर्न पाउनुपर्ने, पेट्रोल १० लिटर पाउनु पर्ने लगायतका माग राखेर नगर सभाको उदघाटन सत्रमा अनुपस्थित भएका हुन् । बजेटमा समावेश भएन  वीरगन्ज महानगरपालिकाले प्रस्तुत गरेको बजेटमा केही कुराहरु छुटेकोले त्यसलाई समावेश गर्न सुझाव दिईएको छ । संघीय समाजवादी पार्टी नेपाल पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कुर्मीले सोही पार्टीबाट निर्वाचित मेयर विजय सरावगीले महानगरपालिकाको नीति तथा कार्यक्रममा महानगरपालिकाको मुख्य सडक फराकिलो बनाउने विषयमा केही पनि उल्लेख नगरिएकोले त्यसलाई समावेश गर्न सुझाव दिए । त्यस्तै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रदेशसभा सदस्य ओमप्रकाश शर्माले वीरगन्ज महानगरमा ट्रान्पोर्ट कम्पनीहरु धेरै रहेकोले त्यसलाई व्यवस्थित बनाउन अथवा त्यसैलाई ट्रान्सपोर्ट नगरिको रुपमा विकास गर्न माग गरे । बाईपास सडकखण्डामा सवारी साधन निर्माण गर्ने ग्यारेजहरुले सडक जाम हुने र फोहोरमैला पनि बढी हुने भएकोले त्यसलाई व्यवस्थित बनाउने योजना पनि नीति तथा कार्यक्रममा समावेश गर्न सुझाव दिए । 

प्रतिक्रिया दिनुहोस्