Logo

बिकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

जवरजस्ती करनीको अभियोगमा नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष गणेश बिक (चिन्तन)लाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरिएको छ । जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधिश काजिवहादुर राईको इजलासले आईतबार पुर्पक्षका लागि कारागार चलानको आदेश गरेको जिल्ला अदालतका श्रेष्तेदार तेजप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बिकलाई त्रिवेणि गाउँपालिकाकी एक युवतिलाई जवरजस्ती करनी गरेको अभियोगमा गत जेठ २२ गते पक्राउ गरिएको थियो । केहि समयसम्म नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुममा कार्यालय सहयोगीका रुपमा राखेर आफुलाई जवरजस्ती करनि गरेको भनी युवतीले प्रहरीमा जाहेरी दिएपछि बिकलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्