नारायणगढमा पोखरा फाइनान्सको १३ औं शाखा «

नारायणगढमा पोखरा फाइनान्सको १३ औं शाखा

पोखराको न्यृुरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सले चितवनको भरतपुर मनपा–१ मिलनरोड, नारायणगढमा आफ्नो १३ औं शाखा सञ्चालन गरी कारोबार सुरु गरेको छ ।
उक्त नारायणगढ शाखामार्फत संस्थाले निक्षेप एवं कर्जा लगायत सी–आस्बा तथा मोबाइल बैंकिङ सेवा दिइने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए । वित्तीय संस्थाको हालै सम्पन्न २१ औं वार्षिक साधारणसभाले ८.२६ प्रतिशत बोनस सेयर पारित गरेकोले हाल चुक्ता पुँजी ८१.६४ करोड रुपैयाँ कायम भएको बताइएको छ । निक्षेप ४ अर्ब १५ करोड रुपैयाँ तथा कर्जा लगानी ३ अर्ब ९५ करोड रुपैयाँ रहेको प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए ।

 

प्रतिक्रिया दिनुहोस्