Logo

थर्डह्वील एप्स बजारमा

इम्प्याक्ट आईटीले बजारमा थर्डह्वील एप्स ल्याएको छ । प्रविधि अनि विज्ञानमा आधारित उत्साहप्रद अनि नौलो उत्पादनको यो एप्सले दुईपांग्रे सवारीसाधन धनी नेपालीहरूका लागि धेरै सहयोगी हुने कम्पनीको
दाबी छ ।
मध्यमवर्गीय आर्थिकस्तर भएका अधिकांश नेपालीहरू दुईपांग्रे सवारीसाधनमा निर्भर रहकाले यसको मर्मत, संभारलगायत आकस्मिक समय अनि डोहो-याएर बनाउने ठाउँसम्म लिएर जाँदा नाश हुने समय तथा मेहनत यस एप्सले बचाउने भन्दै कम्पनीले कतैजाँदा बाटामै दुईपांग्रे बिग्रियो, डोहो-याउँदै बनाउने ठाउँसम्म लिएर जान पर्ने भयो तथा गुणस्तरयुक्त मर्मत अनि पाटपुर्जा चाहियो भने यस निःशुल्क रूपमा उपलब्ध हुन्छ ।
मोबाइल एप्सले समस्या समाधान गर्ने बताएको छ । थर्डह्वील एप्स एक बिशुद्ध नेपाली मोबाइल एप्स हो भन्दै इम्प्याक्ट आईटीले यसलाई मोबाइलमा डाउनलोड गरी आवश्यक पर्दा प्रयोग गर्न सकिने बताएको छ । सामान्य रूपमा यस एप्समा आफ्नो जानकारी अनि सवारीसाधनको विवरणहरू दर्ता गराएपछि चाहिएको समयमा थर्डव्हीलले केवल एक बटन र क्लीकमा काम गर्छ । त्यसपछि सर्भिस वा अन्य केही बाइकको मर्मत चाहिएमा कार्यालयबाटै बाइकलाई मर्मतका लागि पठाउन पनि सकिने पनि कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्