दोस्रो चरणका सबै स्थानीय तहको अन्तिम नतिजा घोषित «

दोस्रो चरणका सबै स्थानीय तहको अन्तिम नतिजा घोषित

दोस्रो चरणमा असार १४ गते भएको प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका सबै ३३४ स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको छ । 

सोअनुसार नेकपा एमाले १५१, नेपाली काँग्रेस १२२, नेकपा माओवादी केन्द्र ३८, सङ्घीय समाजवादी फोरम नेपाल आठ, नेपाल लोकतान्त्रिक फोरम छ, राप्रपा चार र राष्ट्रिय जनमोर्चाका दुई उम्मेदवार प्रमुख/अध्यक्षमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचनमा स्वतन्त्र तीन उम्मेदवार पनि प्रमुख/अध्यक्षमा विजयी भएका छन् । दोस्रो चरणको निर्वाचनको हालसम्म घोषित स्थानीय तहको परिणाममध्ये प्रमुख/अध्यक्षमा एमालेले ४५.२ प्रतिशत, काँग्रेसले ३६.५ र माओवादी केन्द्रले ११.४ प्रतिशत पद जितेका छन् । 

उपप्रमुख एवम् उपाध्यक्षमा एमाले १७५, काँग्रेस १०४, माओवादी केन्द्र ३८, समाजवादी फोरम सात, लोकतान्त्रिक फोरम छ तथा जनमोर्चा र राप्रपाका दुई दुई उम्मेदवार विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । 

दोस्रो चरणका ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन भएको छ । सो निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्