गैरआवासीय नेपाली संघले पर्यटन भिडियो प्रतियोगिता गर्ने

गैरआवासीय नेपाली संघले नेपाल पर्यटन प्रवद्र्धन उपसमितिको पहलमा नेपाल पर्यटन प्रवद्र्धनका लागि एक भिडियो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ । संघका सहकोषाध्यक्ष तथा नेपाल पर्यटन प्रबद्र्धन उपसमितिका संयोजक सोम नाथ सापकोटाले नेपालको पर्यटन क्षेत्रको सम्भावना तथा पर्यटकीय वस्तु र सेवालाई विश्वसामु पहिचान गराउनको लागि पर्यटनसम्बन्धी भिडियो प्रतियोगिताको आयोजना भइरहेको र सो प्रतियोगिताका विजेताहरूको घोषणा आगामी लग्जेम्बर्गमा आयोजना हुने ११ औं युरोप क्षेत्रीय बैठकमा गरिने जानकारी गराए ।