Logo

सहकारीसँग सहकार्य

 सरकारले अवलम्बन गरेको तीनखम्बे अर्थनीतिमा सरकार, निजी क्षेत्र र सहकारी रहेकाले सहकारीमा इमान्दारिता, अनुसाशित, पारदर्शिता र सुशासन अपरिहार्य हुनुपर्छ । समृद्ध नेपाल, सुखी नेपाली बनाउन सहकारले लगानी गर्ने ऋण उत्पादनमुखी क्षेत्रमा हुनुपर्ने र सहकारीसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले बताए । नेपाल बचत तथा ऋण सहकारी संघ ३ नं. प्रदेश उप–समितिको चौथो बैठक र सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणालीसम्बन्धी तालिमको संयुक्तरूप उद्घाटन गर्दै सहकारीले उत्पादन क्षेत्रमा लगानी नगर्ने हो भने कसरी बचत संकलन र ऋण असुली गर्नुहुन्छ ? त्यसकारण पनि सहकारीले ६० प्रतिशत लगानी कृषि उत्पादन क्षेत्रमा लगाउने वातावरण आजैको बैठकबाट गर्नु मन्त्री लामाले आग्रह गरे ।
प्रदेश सरकार सहकारी मैत्री कानुन ल्याउन तयारी गरिरहेको छ । सरकार सहकारीहरुसँग सहकार्य गर्न तयार रहेकाले दिगो रूपमा सहकारीको व्यवस्थापन गर्न सहकार्यमै कानुन निर्माणा गरिन्छ । सहकारीको नाममा व्यथिति र बेकाम गर्नेहरुलाई दण्डनीय कानुन निर्माण हुने भन्दै असल र उत्पादनमुखी काम गर्ने सहकारीहरुलाई प्रोत्साहन गर्न सरकार नचुक्ने मन्त्री लामाले बताए । अर्को एक प्रशंगमा पछिल्लो समय गाईपालक किसानहरु किन घटेकोछन् । खोज अनुसन्धान गरेर प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । जसको गोवर, गहुँत, दूध पवित्र मानिन्छ ।
प्रागारिक मल बनाएर उत्पादन बढाउन सकिन्छ । दूध बेचर धन कमाउन सकिन्छ । हावा पानी अनुसार उत्पादन गर्न र उत्पादित वस्तुको भण्डारण गर्न ३ नं. प्रदेशको सबै जिल्लामा तरकारी र दूध चिस्यान केन्द्र खोल्न बजेट व्यवस्था गरेको मन्त्री लामाले बताए । वैदेशिक रोजगारबाट फर्केका युवालाई स्वदेशमै रोजगार दिन १ हजार ४ सय ५० युवालाई ऋण सहयोग दिने कार्यक्रम तथा बजेट रहेको छ ।
अब युवाले विदेशमा हासिल गरेको ज्ञान र सीप स्वदेशमै उत्पादन क्षेत्रमा लगाउने वातावरण सिर्जना भएको मन्त्री लामाले बताए । अर्को एक प्रशंगमा आफू २०४३ सालको अन्यमा गाउँपञ्चायतको अध्यक्ष हुँदा २१ हजार बजेट भएको र हरेक वडालाई २ हजार बाँडेका स्मरण गर्दै बहुदलमा पनि कांग्रेसले ५० हजार मात्र स्थानीय निकायलाई दिएको बताए । तर, कम्युनिष्ट सरकारले २०५१ सालमा ३ लखा दिन सुरु गरेको हो । अहिले स्थानीय तहले कम्तीमा पनि १५ करोड बजेट पाएका छन् । स्थानीय तहमै निर्णय गरेर खर्च गरेका छन् । संघीयताको मर्म पनि यही हो मन्त्री लामाले बताए ।
बचत तथा ऋण सहकारी संघ धादिङको व्यवस्थापनमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले सहकारी ऐन सहकारीका लागि चाहिने भएले सहकारी मैत्री बनाउन महासंघ लागिरहेको बताए । नीलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुंगानाले नगरपालिकाले सहकारी ऐन जारी गरेको छ । आफू सहकारी विज्ञ नरहेको केही कमी भए सुधार गर्न सकिन भन्दै सहकारीहरु ऐनको परिधिमा रही उद्देश्यअनुसार सञ्चालन हुनुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्