अमेरिका–चीन व्यापार युद्धको चपेटामा ‘एप्पल’

वासिङटन-यदी अमेरिका र चीनबीचको व्यापार युद्ध विस्तार भएमा अमेरिकाका सबै प्रविधि फर्म मध्ये सर्वाधिक जोखिममा एप्पल पर्नेछ ।
सोमबार अबेर अमेरकी राष्ट्रपति ट्रम्पले २ सय अर्ब डलरको चिनियाँ सामानमा अतिरिक्त भन्सार लगाउने चेतावनी दिएका थिए । यसको प्रति उत्तरमा चिनियाँ वाणिज्य मन्त्रालयले प्रतिकारात्मक नीति अवलम्वन गर्ने जनाइसकेको छ ।
शुक्रबारनै अमेरिकाले ५० अर्ब डलरका चिनियाँ सामानमा २५ प्रतिशतको भन्सार लगाउने घोषणा गरिसकेपछिको समयमा यस किसिमको भनाई आएको हो । यसमा सेमिकन्डक्टर पनि रहेको छ ।
यसले कसरी अमेरिकी प्रविधि फर्महरुलाई असर पर्छ भन्ने विषयमा लगानीकर्ताहरुले नियालि रहेका छन् ।
चीनको सर्वाधिक निशानमा एप्पल रहेको मिराबाउड सेक्युरिटिजका विश्वव्यापी सह प्रमुख नील क्याम्पलिङले बताएका छन् ।
गत आर्थिक वर्षमा एप्पलले चीनबाट आफ्नो कुल आम्दानीको झन्डै २० प्रतिशत आर्जन गरेको थियो । यो ४४.७ अर्ब डलर बराबर हो । २०१७ मा एप्पलले ४ करोड १० लाख आईफोन चीनतर्फ निर्यात गरेको तथ्यांकिय फर्म आईडीसीले जनाएको छ ।
एप्पलको चीनमा ४० को हाराहारीमा स्टोरहरु रहेका छन् । यो कम्पनीले एप स्टोर र एप्पल म्युजिक जस्ता सेवाहरु पनि सञ्चालन गर्दै आएको छ ।
स्मार्टफोनको बजार ओरालो लागिरहेको समयमा एप्पलको व्यवसायमा सेवाको हिस्सा बढ्दै गएको छ । आर्थिक वर्ष २०१७ मा एप्पलको सेवा व्यवसायको हिस्सा कुल बिक्रीको १३ प्रतिशत रहेको थियो । यो २०१६ को तुलनामा ११ प्रतिशत बढी हो । चीनबाट यसको कति हिस्सा आएको छ भन्ने विषयमा एप्पलले केही पनि खुलाएको छैन ।
एप्पल ठूलो परिमाणमा एसियाली वितरकका निर्भर रहदै आएको छ । कम्पनीको आईफोन चीनमा ताइवानी फर्म फक्सकनले एसेम्बल गर्दै आएको छ ।
चीनमा सर्वाधिक सफल अमेरिकी कम्पनीको रुपमा एप्पल रहदै आएको छ । तर अमेरिका–चीनबीचको व्यापारिक विवाद उत्कर्षमा पुग्यो भने कम्पनीको यो सबलतामा पनि केही गिरावट आउन सक्छ ।
एप्पलका सीईओ टिम कु्कले अमेरिकी राष्ट्रपति ट्रम्पबाट बारम्बार चीनमा हुदै आएको आईफोनको एसेम्बल भन्सारसँग नजोडिने आश्वासन पाउदै आएका छन् ।
एप्पलको वितरकप्रति बेइजिङ जाइ लाग्न सक्ने एउटा जोखिम भने कायम रहदै आएको छ । यसले एप्पलको उत्पादनमा ढिलाई हुन सक्ने अवस्था भने विद्यमान रहदै आएको छ । सरकारले राष्ट्रिय सुरक्षाको भेषमा यो गर्न सक्ने चिन्ता कायमै भएको कम्पनीसँग नजिक रहेको स्रोतलाई उद्र्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ ।
चीनले एप्पल सेवामाथि प्रतिबन्ध लगाउन सक्नेछन् । यस किसिमको प्रतिबन्ध पहिलेपनि लागेको हो । २०१६ मा एप्पलको आईबुक्स स्टोर र आईट्यून मुभिज चीनमा बन्द गरिएको थियो ।
बेइजिङले स्वदेशी स्मार्टफोन कम्पनीहरु शाओमी र हुवावेलाई बढावा दिन सक्ने छ । अमेरिकामा पनि अमेरिकी खुफिया अधिकारीहरुले जासुसी हुन सक्ने आशंकामा अमेरिकी उपभोक्तालाई हुवावेको फोन नकिन्नका लागि सावधान गराइसकेका छन् । चीनले पनि राष्ट्रिय सुरक्षाको चिन्ता व्यक्त गर्दै आईफोनप्रति समान किसिमको नीति अवलम्बन गर्न सक्छ ।
अमेरिका–चीन व्यापार युद्धबाट गुगलको प्यारेन्ट कम्पनी अल्फाबेट पनि नराम्ररी प्रभावित हुन सक्छ ।
गुगलले चीनको ७७ प्रतिशत स्मार्टफोनमा प्रयोग हुदै आएको एन्ड्रोइडको नामले चिनिने मोबाइल अपरेट्रि सिस्टम बनाउदै आएको छ ।