आईएमई लाइफ इन्स्योरेन्सको बिक्री प्रवन्धक सिभिल क्यापिटल

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको १ सय अंकित दरका ६० लाख कित्ता साधारण सेयर निष्कासनका लागि सिभिल क्यापिटल मार्केटलाई निष्कासन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको जनाएको छ । उक्त सेयर निष्कासन तथा बिक्री प्रवन्ध गर्नका लागि आईएमई लाइफ इन्स्योरेन्सका तर्पmबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सिभिल क्यापिटल मार्केटका तर्पmबाट निमित्त कार्यकारी प्रमुख सुमन आचार्यले हस्ताक्षर गरे । हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेकोमा उक्त सेयर निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ कायम हुने तथा संस्थापक सेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत रहने कम्पनीले जनाएको छ ।