एभरेस्ट बैंकद्वारा विद्यालयलाई शैक्षिक साम्रगी वितरण

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एभरेस्ट बैंकले विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आइरहेकामा बैंकले सतुंगलमा अवस्थित सामुदायिक विष्णुदेवी शिक्षा सदनलाई एक कार्यत्रमकाबीच शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालय परिसरमा मंगलबार आयोजित उक्त कार्यक्रममा पंजाब नेसनल बैंकका कार्यकारी निर्देशक एलबी प्रभाकरले शैक्षिक सामग्री विद्यार्थीहरुलाई वितरण गरे । उक्त कार्यक्रममा बंैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति रहेको बैंकले जनाएको छ ।