सिभिल बैंक वित्तीय शिक्षाको छक्कापञ्जा–३ चलचित्रसँग आबद्ध «

सिभिल बैंक वित्तीय शिक्षाको छक्कापञ्जा–३ चलचित्रसँग आबद्ध

सिभिल बैंक छक्का पञ्जा–३ चलचित्रसँग आबद्ध भएको छ । मंगलबार एक कार्यक्रमबीच सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्य र छक्कापञ्जा–३ का निर्देशक दीपाश्री निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरे । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले वित्तीय साक्षरता बेगर नेपाल समृद्ध नहुने कुरालाई मनन गर्दै चलचित्रका माध्यमबाट वित्तीय शिक्षाको प्रवद्र्धन गर्ने कुरा बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्