Logo

सेञ्चुरी कमर्सियल बैंकको थप चार नयां शाखा

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ पहुँच पुराउने उद्देश्यसहित विभिन्न स्थानहरूमा आफ्नो शाखा कार्यालयहरू विस्तार गर्दै जाने क्रममा सुनसरी जिल्लाको चतरा र झुम्कामा, मोरङ जिल्लाको रंगेली र झापा जिल्लाको चन्द्रागढीमा शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयहरूको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेको बैंकले जनाएको छ ।

सेञ्चुरीको मुद्दती खातामा १२.५% सम्म ब्याजदर:
सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकहरूलाई उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले ३ महिनादेखि ६ महिनासम्मको मुद्दती खाताका लागि वार्षिक ब्याजदर १२ प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२.५ प्रतिशत प्रदान गर्ने गरी दुई नयाँ योजना ल्याएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्