कमर्सियल सवारी विक्रीमा टाटा अगाडि

दोस्रो स्थानका लागि आइसर र अशोक लेल्याण्डबीच प्रतिस्पर्धा
नेपालीमा कमर्सियल सेग्मेन्टका सवारी वार्षिक १० हजारभन्दा बढी विक्री हुने र त्यसमध्ये सबैभन्दा ठूलो हिस्सा भारतीय कम्पनी टाटाको रहेको पाइएको छ । कमर्सियल सवारीमा साना तथा मझौला ट्रक तथा टिपर, मध्यम तथा ठूला ट्रक टिपर र सबै प्रकारका बस समावेश गरिन्छ । नेपालीमा कमर्सियल सेग्मेन्टका सवारी वार्षिक १० हजारभन्दा बढी विक्री हुने र त्यसमध्ये सबैभन्दा ठूलो हिस्सा भारतीय कम्पनी टाटाको रहेको पाइएको छ । कमर्सियल सवारीमा साना तथा मझौला ट्रक तथा टिपर, मध्यम तथा ठूला ट्रक टिपर र सबै प्रकारका बस समावेश गरिन्छ । मध्यम तथा ठूला ट्रक-टिपर नेपाली बजारमा सबैभन्दा धेरै विक्री हुने कमर्सियल सवारीमा पर्छन् । २०१७-१८ मा यो सेगमेन्टमा ४ हजार ८ सय ६८ वटा सवारी नेपाली बजारमा विक्री हुँदा बस सेगमेन्टमा २ हजार ५ सय ८७ वटा विक्री भएको थियो । त्यस्तै साना तथा मझौता सवारी भने सोही वर्ष २५ सय ५६ वटा बिकेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।सबै प्रकारका बस, साना तथा मझौला ट्रक-टिपर र मध्यम तथा ठूला ट्रक-टिपर सेगमेन्टमा टाटा मोटर्सको उपस्थिति बलियो रहेको छ । अन्य ब्रान्डका सवारीको प्रवेशसपछि पनि टाटाको बजार हिस्सामा त्यति ठूलो प्रभाव नपरेको दाबी कम्पनीको छ । विस्तार भएको बजारमा भने टाटाभन्दा अन्य कम्पनीको वृद्धिदर बढी छ ।
नेपाली बजारको कमर्सियल सवारीको बजार हिस्सा अघिल्लो वर्षको तुलनामा केही कमी आएको टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए । “समग्रममा टाटाको मार्केट सेयर ६५ प्रतिशत हो । नेपाली बजारमा सबै कमर्सियल सवारीको बजार हिस्सा केही घटेको भने पक्कै हो,” श्रेष्ठले भने, “बैंकले सवारी साधनमा फाइनान्स नगर्दा सवारी विक्रीमा गिरावट आएको छ । यो समस्या विगत एक वर्षभन्दा अघिदेखि सबै अटोमोबाइल व्यवसायीले भोग्दै आएका छौं ।” बस सेगमेन्टमा टाटा मोटर्सपछि धेरै बजार हिस्सा हुने कम्पनीमा अशोक लेल्यान्ड रहेको छ । २०१७-१८ मा टाटाले करिब १५ सय १३ वटा बस विक्री गर्दा दोस्रो धेरै बजार हिस्सा भएको अशोक लेल्यान्डले २ सय ४४ वटा विक्री गरेको थियो । यस्तै, सोही अवधिमा आइसरको २ सय ६, फोर्स मोटर्सको ७०, महिन्द्राको ६९, र मानको २ वटा बस विक्री भएको देखिन्छ । यस्तै २०१७-१८ मा साना तथा मझौला सवारीमा पनि टाटा नै अगाडि देखिन्छ ।
यद्यपि, यो सेमगमेन्टमा भने निकै नै प्रतिस्पर्धा देखिएको छ । गत वर्ष टाटाले उक्त सेगमेन्टमा ८ सय ३२ वटा सवारी विक्री गर्दा आइसरको ५ सय ८४, महिन्द्राको ५ सय ५२, भारत बेन्जको ६८, अशोक लेल्यान्डको ५३ र एसएमएल इसुजुको ११ वटा सवारी विक्री भएको छ । मध्यम तथा उच्च क्षमताका ट्रक-टिपरको बजारमा पनि टाटाकै हिस्सा उल्लेख्य छ । २०१७-१८ मा टाटाले करिब २ हजार ६ सय ६५, अशोक लेल्यान्डले ३ सय ८१, आइसरले ३ सय २७, भारत बेन्जले १ सय ३५, महिन्द्राले ९४ र मानले ६३ वटा गाडी विक्री गरेको तथ्यांक छ । २०१६-१७ को तुलनामा कमर्सिलय सवारीको आयातमा निकै कमी आएको छ । यसको मुख्य कारण बैंक तथा वित्तीय संस्थामा अघिल्लो वर्षदेखि रहेको तरलता अभाव नै मुख्य कारण भएको व्यवसायीहरूको भनाइ छ । बसको संख्यामा कामी आउनुको कारण गत वर्षको दसैंमा यातायात व्यवसायीले मुग्लिन–नारायणगढलगायतको बाटोमा समस्या देखिएको भन्दै बस नकिन्दा कमी आएको व्यवसायीहरू बताउँछन् ।