सल्यानको लान्तीमा नेपाल इन्भेस्टमेन्ट बैंक

नेपाल इन्भेस्टमेन्ट बैंकले सल्यानको छत्रेश्वरी गाउँपालिकास्थित लान्तीमा आफ्नो ७२ औं शाखा विस्तार गरेको छ । १२ हजार बढी जनसंख्या रहेको प्रदेश नम्बर ६ स्थित लान्तीका स्थानीयलाई यो शाखाले वित्तीय कारोबारमा सहजता प्रदान गर्ने अपेक्षा लिइएको भन्दै बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले प्रदेशअनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको जनाएको छ । ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उद्देश्यले विपन्नवर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार ७ सय व्यक्तिलाई ३ अर्ब ७६ करोड रुपैयाँ लगानी गर्ने नेपाल इन्भेस्टमेन्ट बैंक एक मात्र निजी क्षेत्रको बैंक रहेको पनि दाबी गरेको छ ।