मेगा बैंकको सर्वाधिक ब्याजदरसहित लोकय अफर «

मेगा बैंकको सर्वाधिक ब्याजदरसहित लोकय अफर

काठमाडौं- मेगा बैंक नेपालले ग्राहकहरूका लागि आकर्षक मुद्दती खाता योजना र दुइटा आकर्षक बचत खाता योजनाहरू ल्याएको छ । ग्राहकहरूको चाहनाबमोजिम सर्वाधिक ब्याजदर प्रदान गर्ने उद्देश्यले मेगा बैंकले ‘मेगा राइजिङ मुद्दती खाता’ योजना ल्याएको हो । न्यूनतम १ लाख रुपैयाँमै मुद्दती खाता खोल्न सकिने यो खातामा मासिक रूपमा ब्याज भुक्तानी हुने गरी वार्षिक १२.५ प्रतिशत ब्याज पाइनेछ । यस योजनामा ग्राहकहरूलाई निक्षेपको ९० प्रतिशतसम्म ओभरड्राफ्ट सुविधा दिइने मेगा बैंकले जनाएको छ । ‘मेगा राइजिङ बचत खाता’ योजनामा पनि उत्तिकै आकर्षक सुविधाहरू समावेश गरिएको छ । न्यूनतम १० हजार रुपैयाँमै बचत खाता खोल्न सकिने यो खातामा त्रैमासिक रूपमा ब्याज भुक्तानी हुने गरी वार्षिक ८.५० प्रतिशत ब्याज पाइनेछ ।
यो योजनामा ग्राहकहरूका लागि चेकबुक, अकाउन्ट स्टेटमेन्ट, सी–आस्बा सेवा निःशुल्क बनाइएको छ । यस्तै, २ लाख रुपैयाँसम्म एबीबीएस सेवा निःशुल्क गरिएको छ । त्यस्तै ‘मेगा कर्पोरेट बेनिफिट बचत खाता’ योजनामा त्रैमासिक रूपमा ब्याज भुक्तानी हुने गरी वार्षिक ८.२५ प्रतिशत ब्याज पाइने यो खाता एक हजार रुपैयाँमै खोल्न सकिनेको साथै उत्तिकै आकर्षक सुविधाहरू समावेश गरिएको छ । साथै, मेगा बैंक नेपाल र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीबीच सोमबार बैंकास्योरेन्स सम्झौता पनि भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र रिलायवल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्