एभरेस्ट बैंकको सीतापाइला शाखाको समुद्घाटन «

एभरेस्ट बैंकको सीतापाइला शाखाको समुद्घाटन

एभरेस्ट बैंकले विभिन्न स्थानहरूमा आफ्नो शाखा विस्तार गर्दै जाने क्रममा काठमाडौंको सीतापाइलामा आफ्नो शाखाको उद्घाटन गरेको छ । सीतापाइला शाखाको उद्घाटन यस बैंकमा संयुक्त लगानी रहेको पञ्जाव नेसनल बैंकका कार्यकारी निर्देशक तथा एभरेस्ट बैंकका निर्देशक एलभी प्रभाकरले गरेका थिए । उक्त कार्यक्रममा बंैकका संस्थापक निर्देशक अरुण मान शेरचन, प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरूको पनि उपस्थिति रहेको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्