फिफाका सात आधिकारिक ब्राण्ड, हुन्डाई अफिसियल सवारी ब्रान्ड «

फिफाका सात आधिकारिक ब्राण्ड, हुन्डाई अफिसियल सवारी ब्रान्ड

फिफा विश्वकपमा कुनै न कुनै रूपमा आफ्नो उपस्थिति देखाउने चाहना सबैजसो ब्रान्डलाई हुन्छ । पिफाको अफिसियल पेय पदार्थ कोकाकोला हो । त्यस्तै एडिडास आधिकारिक बल निर्माता कम्पनी हो । फिफाले विश्वकपभर आफ्ना पदाधिकारीहरुको लागि हुन्डाईका सवारीसाधन प्रयोग गर्ने सम्झौता सन् १९९९ मा भएको थियो । उक्त सम्झौता २०१४ मा नवीकरण भएपश्चात् फिफाका पदाधिकारीले २०२२ सम्म हुन्डाईका सवारी प्रयोग गर्नेछन् ।
हुन्डाई दक्षिण कोरियाली कार निर्माता कम्पनी हो । हुन्डाई विश्वकप फुटबलको सर्वोच्च संस्था फिफाको आधिकारिक प्रायोजकसमेत हो । हुन्डाईले फिफालाई औपचारिक प्रायोजक भएबापत वार्षिक ३ करोड ५० लाख अमेरिकी डलर बुझाउनुपर्ने बताइएको छ । विश्वमै सबैभन्दा बढी हेरिने, खेलिने र बहस गरिने खेल फुटबल हो भन्नेमा कुनै सन्देह छैन । अहिले फिफासँग ७ वटा ब्राण्डले एसोसिएट भएर काम गरिरहेका छन् । त्यसमा हुन्डाईसँगै कोकाकोला, एडिडास, वान्डा ग्रुप, जेजर्पोम, कतार एयरवेज र भिसा कार्ड रहेका छन् ।
फिफाले हरेक क्याटोगोरीमा एक–एकवटा कम्पनीलाई सहभागी गराउने गरेको छ । यस प्रतियोगितासँग जोडिएबापत यी कम्पनीहरुले निश्चित रकम तिर्नुपर्ने हुन्छ भने उनीहरुले आफ्नो सेवा पनि दिनुपर्ने हुन्छ । जसका कारण कम्पनीको ब्रान्डिङमा धेरै नै टेवा पुग्छ ।
आधिकारिक सवारी कम्पनी भएकाले हुन्डाईले विश्वकपमा सहभागी ३२ वटै देशका अफिसियल र खेलाडी चढ्ने गाडी उपलब्ध गराउनु पर्ने हुन्छ । यस्ता गाडी अत्याधुनिक, सुविधासम्पन्न र सुरक्षित हुनुपर्ने फिफाको सर्त हुन्छ । यस्तोमा हुन्डाई–कियाले विगतदेखि नै उत्कृष्ट कार्य गर्दै आएको फिफाले उल्लेख गरेको छ । त्यसैले २०१४ मा पुनः हुन्डाई नै फिफाको आधिकारीक सवारी कम्पनीको रुपमा २०२२ सम्म रहने गरी सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस्