अशोक लेल्यान्डको बिक्री ५१ प्रतिशतले बढ्यो «

अशोक लेल्यान्डको बिक्री ५१ प्रतिशतले बढ्यो

दोस्रो ठूलो कमर्सियल सवारी उत्पादक कम्पनी अशोक लेल्यान्डको सवारी बिक्री नोभेम्बरमा उत्साहजनक देखिएको छ । गत वर्षको नोभम्बरको तुलनामा २०१७ को नोभेम्बरमा अशोक लेल्यान्डको सवारी बिक्री ५१ प्रतिशतले वृद्धि भएको छ, जुन कम्पनीले गरेको स्टिमेटको तुलनामा धेरै हो । यो वर्षको नोभेम्बरमा आशोक लेल्यान्डले १४ हजार ४ सय ६० वटा सवारी आन्तरिक बजारमा बिक्री गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा जम्मा ९ हजार ५ सय ७४ वटा सवारी बिकेको थियो । सीएनबीसी–टीभी१८ पोलले २०१७ को नोभेम्बरमा अशोक लेल्याण्डको सवारी बिक्री १२ हजार २६ पुग्ने अनुमान गरेको थियो । तर, त्योभन्दा २ हजारभन्दा बढी बिक्री भएको तथ्यांक कम्पनीले सार्वजनिक गरेको छ । कम्पनीका अनुसार मध्यम तथा हेवी कमर्सियल सवारीको बिक्री ५४ प्रतिशतले बढेर १० हजार ६ सय ४१ वटा र हलुका कमर्सियल सवारीको बिक्री गत वर्षको नोभेम्बरको तुलनामा ४४ प्रतिशतले बढेर ३ हजार ८ सय १९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्