चिनिया प्रतिबन्धले ६.८ अर्ब डलरको क्षति «

चिनिया प्रतिबन्धले ६.८ अर्ब डलरको क्षति

दक्षिण कोरियाविरुद्ध चीनले गरेको बदलाको कारबाहीका कारण दक्षिण कोरियाको पर्यटन उद्योगमा ६.८ अर्ब डलर अर्थात् ७.५ ट्रिलियनको क्षति भएको तथ्यांकले देखाएको छ । नेसनल एसेम्बलीको बजेट अफिसले संकलन गरेको तथ्यांकअनुसार दक्षिण कोरियाको पर्यटन र होटल उद्योगको आम्दानी जनवरीदेखि सेप्टेम्बरसम्मको अवधिमा तीव्र ओरालो लागेको छ । चिनियाँ पर्यटकको आगमनमा कमी आएसँगै आम्दानी पनि ओरालो लागेको हो । अमेरिकी टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स (थाड) क्षेप्यास्त्र प्रणाली आफ्नो भूमिमा तैनाथ गर्ने दक्षिण कोरियाली निर्णयका विरुद्धमा बेइजिङमा विभिन्न आर्थिक बदलाको कारबाही गरेको थियो । दुवै मुलुकले द्विपक्षीय सम्बन्धलाई सामान्यीकरण गर्ने विषयमा सहमति जनाएपछि हालैको अवस्थामा भने तनाव कम भएको छ ।दक्षिण कोरिया भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या र उनीहरूले गर्ने औसत खर्चका आधारमा यो निष्कर्ष निकालिएको हो । यो वर्षको सुरु नौ महिनाको अवधिमा चिनियाँ पर्यटकको संख्यामा ३२ लाख ९० हजारले कमी आएको थियो ।
खुद्रा बिक्रीको उद्योगमा ४.९ ट्रिलियन वनको क्षति भएको छ भने दोस्रो बढी क्षति बेहार्नेमा होटल उद्योग परेको छ । यो यद्योगले १.१ ट्रिलियन वनको क्षति बेहोरेको छ ।यद्यपि एसियाली मुलुकबाट आएका पर्यटकका कारण भने क्षति कम भएको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्