हेटौंडामा साझा यातायातको सेवा «

हेटौंडामा साझा यातायातको सेवा

हेटौंडा-मकवानपुर साझा यातायात प्रालिले हेटौंडामा सार्वजनिक बस सेवा सुरु गर्ने भएको छ ।
हेटौंडाका १० जना व्यवसायीको लगानीमा ११ वटा बसमार्फत सेवा सुरु गर्न लागिएको हो । अहिलेलाई हेटौंडादेखि मनहरी, बुद्धचोक–क्याम्पाडा“डा हुँदै हटिया र बुद्धचोक–औद्योगिक क्षेत्र हुँदै हटियासम्म गरी तीनवटा रुटमा बस सेवा सुरु गर्न लागिएको जनाइएको छ । अहिले ११ वटा बसबाट सेवा सुरु गरिने र पछि २० वटासम्म पु¥याउने लक्ष्य रहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष भेष खड्गीले जानकारी दिए । उनकाअनुसार करिब साढे ३ करोडको लगानीमा सुरु गरिएको बस सेवाबाट ५० जनाले रोजगारी पाउनेछन् । २६ सिट क्षमताको बसमा महिला कर्मचारी पनि राखिएको जनाइएको छ । बसमा सीसी क्यामेराको समेत व्यवस्था गरिएको अध्यक्ष खड्कीले बताए ।
बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म सेवा दिने बसले विद्यार्थीहरूलाई ३० प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ । ७० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिक र रातो कार्ड भएका अपांगलाई भाडादरमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । चालक र कन्डक्टर पोसाकमा रहनेछन् भने बसमा चढेपछि टिकट अनिवार्य गरिएको छ । हरेक रुटमा २०÷२० मिनेटमा बस छुट्ने उनले बताए । शनिबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले औपचारिक बस सेवाको सुरुवात गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्