नवलपरासीको बर्दघाटमा यामाहाको नयाँ शोरुम «

नवलपरासीको बर्दघाटमा यामाहाको नयाँ शोरुम

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले शुक्रबारबाट नवलपरासीको बर्दघाटमा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लूले त्रिवेणी अटोमोबाइल्स प्रालिमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । नवलपरासी र आसपासका क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको लोकप्रियतालाई मध्यनजरमा राखी नयाँ डिलरसिप सुरु गरिएको हो ।
नयाँ सोरुमको उद्घाटन बर्दघाट नगरपालिकाका मेयर धिरज बस्यालले गरेका थिए । त्रिवेणी अटोमोबाइल्स प्रालिबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरूको ‘थ्रीएस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउनेछन् ।
पर्फमेन्स र स्टाइलका कारण युवामाझ निकै लोकप्रिय बन्दै गएको मोटरसाइकल ब्रान्डको सोरुम स्थापना गर्न पाउँनु खुसीको कुरा भएको त्रवेणी अटोमोबाइल्सका प्रबन्ध निर्देशक लीलामणि पाठकले बताए । उनले यामाहा ब्रान्डका दुईपांग्रे खरिद तथा सर्भिस गर्न टाढा धाइरहनु नपर्ने भन्दै उनले भने, “यहाँ हाइटेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन रहने छन् जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन् ।”
यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर बिक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् । यामाहाले भर्खरै मात्र एफजीएस एफआई डबल डिस्क पनि बजारमा ल्याएको छ । साथै, फेजर प्लेटफर्मको फेजर२५ले पनि राइडरहरूलाई आकर्षित गरिरहेको छ ।
यामाहाका मोटरसाइकल र स्कुटरहरू प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरूमा माइलेज बढी पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्