पाँच वर्षको बच्चाले मूर्ति फुटाउदा डेढ करोड जरिवाना «

पाँच वर्षको बच्चाले मूर्ति फुटाउदा डेढ करोड जरिवाना

ओभरल्यान्ड पार्क- अमेरिकाको कन्सास निवासी एक महिलाले आफ्नो पाँच वर्षको बच्चाले भूलबस मूर्ति फुटाउदा बिमा कम्पनीले आफ्नो परिवारसँग १ लाख ३२ हजार डलर अर्थात १ करोड ४४ लाख रुपैयाँको जरिवानाको दावी गरेको बताएकि छन् ।
सारा गुगूम्यानले कन्सास सिटी स्टारलाई बताए अनुसार यो घटना गत महिना ओभरल्यान्ड पार्कको टमहक रिज कम्युनिटी सेन्टरमा आफूहरु एक विवाहमा सम्मिलित भइरहेका बेलामा भएको हो ।
उक्त समयमा उनको बच्चा खेलिरहेको थियो ।
गुडम्यानका अनुसार आफूले उक्त कलाकृतीको जमिनमा खसेको देखेकि थिइनन् । यो ढल्नाले आफ्नो छोरालाई सामान्य चोट लागेको पनि उनले बताइन् । भिडभाडको क्षेत्रमा मूर्तिलाई असुरक्षित तरिकाले राखिएको उनले बताइन् । आफ्नो छोरालाई पनि आफूले हेरिरहेको उनको भनाई छ । आफ्नोतर्फबाट कुनै लापरबाही नभएको पनि उनले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्