फेसबुकले बेलायतमा ८ सय रोजगारी सिर्जना गर्ने

फेसबुकले लन्डनमा नयाँ कार्यालय खोल्न लागेसँगै २०१८ मा ८ सय रोजगारी सिर्जना हुने भएको छ ।आगामी वर्षको अन्त्यदेखि बेलायतमा यो सामाजिक सञ्जालमा काम गर्ने मानिसको संख्या २ हजार ३ सय पुग्ने भएको छ ।यो कार्यालय अमेरिकाबाहिर फेसबुकको सर्वाधिक ठूलो इन्जिनियरिङ केन्द्र हुनेछ । यो कार्यालय बेलायमा दसौं वर्षमा खुला हुनेछ ।फेसबुकको युरोप, मध्यपूर्व र एसिया उपाध्यक्ष निकोला मेल्डेल्सनले कम्पनी बेलायतका लागि योभन्दा पहिलेको तुलनामा बढी प्रतिबद्ध भएको बताएकी छन् ।फेसबुकको युरोप, मध्यपूर्व र एसिया उपाध्यक्ष निकोला मेल्डेल्सनले कम्पनी बेलायतका लागि योभन्दा पहिलेको तुलनामा बढी प्रतिबद्ध भएको बताएकी छन् ।बेलायतको व्यावसायिक पर्यावरण र इन्जिनियरिङ उत्कृष्टताले यो प्रविधि फर्मका लागि आदर्श लोकेसन भएको उनले बताइन् ।मध्य लन्डनस्थित अक्सफोर्ड सर्कसनजिकैको साततले भवनको ढाँचा फ्र्यांक गेहरीले तयार पारेका हुन् ।यो भवनमा इन्जिनियर र डेभलपरका साथसाथै मार्केटिङ र सेल्स टोली रहनेछ । यो भवनमा एलडीएन–ल्याब स्टार्ट अप पनि रहनेछ ।बेलायतमा ९ सय ५० प्रविधि फर्मको प्रतिनिधित्व गर्ने टेक युकेका जुलियन डेभिडले लन्डनमा फेसबुकले गर्न लागेको लगानीको स्वागत गरेका छन् । ब्रेक्जिटको सेरोफेरोमा अनिश्चितता देखिए बाबजुद फेसबुकले लन्डनमा नयाँ कार्यालय खोल्न लागेको हो ।लन्डनमा विस्तार गर्ने फेसबुकको निर्णयलाई चान्सलर फिलिप हामोन्डले बेलायतमा बढेको विश्वासको संकेत भएको बताएका छन् ।“बेलायत नयाँ व्यवसाय सुरु गर्नका लागि मात्रै नभई व्यवसाय बढाउनका लागि पनि उत्तम थलो भएको छ,” उनले बताए ।