हाँस्य कलाकार ‘लाजाराम’को निधन «

हाँस्य कलाकार ‘लाजाराम’को निधन

काठमाडौं: हास्य कलाकार आरपी भट्टराई (लाजाराम)को आज बिहान निधन भएको छ।

मोरङको विराटनगरस्थित फुपूको घरमा सुतेकै अवस्थामा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 
 
डेढ दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय भट्टराई हास्य टेलिचलचित्र तीतोसत्यबाट ‘लाजालाम’ले चिनिँदै आएका थिए। उनले दर्जनौं टेलिफिल्म, फिल्म, म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए। उनका श्रीमती र दुई छोरा रहेका छन्।

बिहीबार बेलुका खाना खाएर सामान्य रुपमा नै सुतेका भट्टराई उच्च रक्तचापका बिरामी थिए।

प्रतिक्रिया दिनुहोस्