Logo

महासेनानी बढुवा नियम संगत : सेना

काडमाडौं-नेपाली सेनाले महासेनानी बढुवा नियम र कानुन सम्मत रहेको दावी गरेको छ । बरिष्ठ प्रमुख सेनानीहरुलाई पन्छाएर जुनियरलाई बढुवा सिफारिस गरिएकोबारे आमसञ्चार माध्यममा समाचार आएपछि सैनिक मूख्यालयले स्पष्टिकरण दिदै बढुवा सैनिक नियमावली २०६९ र त्यस अन्तर्गतका व्यवस्था अनुसार नै भएको दावी गरेको हो ।
“नेपाली सेनाको पदोन्नति सम्बन्धि प्रचलित व्यवस्था ‘सैनिक सेवा नियमावली २०६९’ मा गरिएको र उक्त नियमावलीमा भएको व्यवस्था बमोजिम नै निज अधिकृतहरुलाई महासेनानी दर्जामा पदोन्नतिको लागि सिफारिस गरिएको थियो,” सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उक्त सिफारिसलाई जेठ ३१ गतेको मन्त्रीपरिषद बैठकबाट पनि सदर भइसकेको व्यवहोरा जानकारी गराउँदछौं ।” सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बढुवा सिफारिसप्रति प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल तथा उच्च सैनिक अधिकारीहरु नै असन्तुष्टि रहेको भन्ने समाचारप्रति पनि असन्तुष्टि जनाए । “बढुवाबारे कोहीपनि असन्तुष्टि हुनुहुन्न, नियमावलीले दिएको अधिकारभित्र रहेर निर्णय लिइएको हो,” प्रवक्ता भण्डारीले भने, “नियमसंगत गरिएको सिफारिसलाई तोडमोड गरिरहन आवश्यक छैन ।”

प्रतिक्रिया दिनुहोस्