सिनियरलाई घर पठाउन एआइजी बढुवा रोकियो

काठमाडौं-गृह मन्त्रालयले नेपाल प्रहरीमा वरिष्ठ डीआइजीहरुलाई अवकास दिने मनसायले अतिरिक्त महानिरीक्षक (एआइजी)को बढुवा रोकेको छ ।
एकमहिनाको अवधिमा प्रहरी जवान देखि डीआइजी सम्म रिक्त सबै पदमा बढुवा भएपनि सेवा प्रवेश र वरियताका आधारमा अगाडी रहेका ५ जना डीआइजीलाई अवकास दिएर मात्रै एआइजी बढुवा प्रक्रिया अघि बढाउने गृह मन्त्रालयको नियत देखिएको हो ।
बढुवाका लागि पुस्कर कार्की, उत्तम कार्की, पवनप्रसाद खरेल, छविलाल जोशी, ज्ञानविक्रम शाह, शरद चन्द, ठूले राई, धिरु बस्न्यात, मनोज न्यौपाने, सुरेशविक्रम शाह लगायत डीआइजी प्रतिस्पर्धामा छन् ।
तर अवको २ साताभित्र बढुवा प्रक्रिया अघि नबढे २०४५ असार ३० गते प्रहरी सेवा प्रवेश गरेका उत्तम कार्की, खरेल, जोशी, ज्ञानविक्रम शाह र शरद चन्द ३० वर्षे सेवाअवधिका कारण नियमित अवकासमा जाने छन् ।
त्यसपछिको वरिष्ठ डीआइजी पुस्कर कार्की सहित २०४६ माघ २९ गते सेवा प्रवेश गरेका डीआइजीहरु एआइजीका लागि दावेदार हुने छन् ।
एकसाता अघि मात्रै मन्त्रीपरिषद बैठकले प्रहरीमा एआइजीको दरवन्दी कटौती गरेर ४ जनामा सीमित गरेको थियो । प्रशासन तर्फ ३ र अस्पतालमा १ गरी प्रहरीमा ४ जना मात्रै एआइजी रहने व्यवस्था गरिएको छ ।
मन्त्रीपरिषदको उक्त निर्णयपछि गृह मन्त्रालयले कायम गरिएको एआइजी बढुवाको प्रक्रिया थाल्नुपर्ने थियो । तर गृह मन्त्री रामबहादुर थापा, गृह सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अवकासमा जान लागेका डीआइजीलाई बढुवा दिन नहुँने भन्दै तत्काल बढुवा प्रक्रिया रोकेर राख्ने रणनीतिमा पुगेका हुन् । त्यही अनुसार गृह सचिव राई अध्यक्ष रहेको बढुवा समितिले डीआइजीको कार्यसम्पादन/मूल्यांकनको फाइल नै अध्ययन गरेको छैन ।
बढुवा प्रक्रिया अघि नबढेपछि दावेदार डीआइजीहरु प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री वादल सहित उच्च पदस्त अधिकारीहरुलाई भेटेर असन्तुष्टि जनाइसकेका छन् । भेटका क्रममा प्रधानमन्त्री ओली र गृहमन्त्री वादलले बढुवा प्रक्रिया अघि नबढेपछि दावेदार डीआइजीहरु प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री वादल सहित उच्च पदस्त अधिकारीहरुलाई भेटेर असन्तुष्टि जनाइसकेका छन् । भेटका क्रममा प्रधानमन्त्री ओली र गृहमन्त्री वादलले छिट्टै बढुवा प्रक्रिया अघि बढ्ने आश्वासन दिएको भेटमा सहभागी एक डीआइजीले बताए ।
“प्रधानमन्त्री र गृहमन्त्री बढुवा प्रक्रिया अघि बढोस भन्ने पक्षमै हुनुहुन्छ तर गृह सचिव र प्रहरी महानिरीक्षक नै पूर्वाग्रही भएका कारण हामी अन्यायमा परेका छौं ।” ती डीआइजीले भने, “नेपाली सेना र निजामति सेवामा परिस्थितिजन्य कारणले बढुवामा छुटेकालाई अवकास अघि १ तह बढुवा दिएर सम्मानजनक विदाई गर्ने चलन रहेको तर हामी कार्यसम्पादन/मूल्यांकन र वरियताका आधारमै अरु भन्दा सिनियर हौं, तर नियतबस बढुवा रोकेर सरकारले अन्याय गर्न लागेको छ ।”