हाउजिङ सम्मिट २०१८- दिगो, सुरक्षित, सुलभ एवं समावेशी आवास «

हाउजिङ सम्मिट २०१८- दिगो, सुरक्षित, सुलभ एवं समावेशी आवास

संगीता सिंह
संयोजक
हाउजिङ सम्मिट–२०१८
सरकार, नेपाल जग्गा तथा आवास विकास संघ, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान र अन्य सरोकारवाला निकायको सहकार्यमा असार ४ र ५ गते दोस्रो हाउजिङ सम्मिट २०१८ हुँदैछ । घरजग्गा, हाउजिङ र अपार्टमेन्टसम्बन्धी विश्वमा भएका नयाँ सफलता, प्रविधि र नेपालको सन्दर्भमा अपनाउनु पर्ने नीतिगत विषयमा छलफल हुनेछ ।
गत वर्षदेखि नेपालमा पहिलो पटक आयोजना भएको हाउजिङ सम्मिटको सफलता र व्यापक सहभागिता तथा त्यस सम्मिटबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न यस वर्ष २ दिनसम्म आयोजना गरिने भएको छ । सम्मिटमा यस क्षेत्रसँग सम्बन्धित विज्ञ, विद्यार्थी र पेशा व्यवसायीको सहभागिता रहने छ । नेपाल घर जग्गा तथा आवास विकास संघ, सहरी विकास तथा भवन निर्माण विभाग र काठमाडौं उपत्यका विकास प्रधिकरणको संयुक्त आयोजना र इन्जिनियरिङ अध्ययन संस्थानको सहयोग तथा एफएनसिसिआई, नेपाल इन्जिनियरिङ एसोसिएसन लगायतका संस्थाको सहभागितामा असार ४ र ५ गते नेपालमा दोस्रो हाउजिङ सम्मित आयोजना गर्न लागिएको हो ।
गत वर्षको हाउजिङ सम्मिटमले नेपालमा आवास परियोजना, भौगोलिक अवस्था, विद्यामान कानुनी व्यवस्था र वित्तिय स्रोतको परिचाालनमा भए गरेका काम कारवाई तथा आगामी दिनहरूमा अवलम्बन गर्नुपर्ने योजना, नीति तथा कार्यक्रम र कानुनी प्रकृया लगायत बिषयहरूमा सम्बन्धित क्षेत्रका विशेषज्ञहरूबाट कार्यपत्र प्रस्तुत गरेको थियो । यस पटकको हाउजिङ सम्मिटमा नयाँ सहरीकरणका हाउजिङका विषयवस्तुअन्तर्गत दिगो आवास, सुरक्षित, सुलभ एवं समावेशी आवास, सहरी तथा ग्रामीण पुनर्निर्माण र नेपालको संघीय संरचनामा आवासको अवस्थालगायतका सहरी विकाससम्बन्धी नीतिगत एवं कानुनी समस्या र तिनका समाधानका उपायका बारेमा कार्यपत्र प्रस्तुत, विचार विमर्श र छलफल गर्ने योजना गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्