शिखर इन्स्योरेन्स, फोटोपत्रकार बिमा सम्झौता «

शिखर इन्स्योरेन्स, फोटोपत्रकार बिमा सम्झौता

शिखर इन्स्योरेन्स र फोटोपत्रकार क्लबले आईएमई ग्लोबल आईएमई नेपाल फोटो प्रतियोगिता–२०७५ को ‘नेपाल स्माइल विधा’ प्रयोजनका साथै फोटोपत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामराको बिमा सम्झौता गरेका छन् । शिखर इन्स्योरेन्सको कर्पोरेट कार्यालय थापाथलीमा शनिबार आयोजित एक कार्यक्रममा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे र फोटोपत्रकार क्लबका अध्यक्ष विकास कार्कीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
आईएमई ग्लोबल आईएमई नेपाल फोटो प्रतियोगिताको नेपाल स्माइल विधामा प्रायोजन गरेको शिखर इन्स्योरेन्सले २०७५ सालका लागी फोटोपत्रकारहरूको क्यामेरामा २ लाख, स्वास्थ्यमा २ लाख र दुर्घटनामा ४ लाख गरी जम्मा ८ लाखको बीमा गर्ने सम्झौता गरेको हो । यस बिमा नितिलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने गरेर सम्झौता भएको हो ।
कार्यक्रममा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पाण्डेले फोटोपत्रकारसँग गरिएको बीमा सम्झौताले नेपाली फोटोपत्रकारिता क्षेत्रमा नयाँ मोड लिएको बताउँदै यसलाई अझ फराकिलो दायरामा लाने जानकारी दिए । निरन्तर जोखिम मोलेर फोटोपत्रकारिता गर्दै आएका फोटोपत्रकारहरूलाई सहयोग गर्नु पाउँदा कम्पनीले गौरवान्तित महसुस भएको बताउँदै यस विधाले फोटोपत्रकारहरूले अझै निर्धक्कसाथ आफ्नो जिम्मेवारी निवार्ह गर्न थप मद्दत गर्ने बताए । यस बिमाअन्तर्गत फोटोपत्रकारहरूको क्यामरा चोरी तथा सफ्टवयेरका बिग्रेको अवस्था बाहेक अन्य (दुर्घटना, हुलदंगा, प्रकृतिक प्रकोप) अवस्थामा क्लबको सिफारिसमा बीमा दाबी गर्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्