गुहेश्वरी मर्चेण्ट बैंकिङ एन्ड फाइनान्सको सहयोग «

गुहेश्वरी मर्चेण्ट बैंकिङ एन्ड फाइनान्सको सहयोग

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको १६ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बुंगमती, कार्यविनायक, ललितपुरमा अवस्थित अपांग सेवा संघमा आश्रित दृष्टिविहीन, बहिरा, सुस्त मनस्थिति र शारीरिक अशक्तता जस्ता अपांगता भएका व्यक्तिहरूलाई आवश्यक खाद्यान्न १ वर्षको लागि प्रत्यक्ष रूपमा खाद्यान्न अनुदान प्रदान गर्ने गरी सम्झौता गरेको जनाइएको छ ।
संस्थाले निक्षेप संकलन २ अर्ब ८६ करोड रुपैयाँ तथा कर्जा २ अर्ब ४५ करोड रुपैयाँ प्रवाह गरी ५ करोड ३१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस वित्तीय संस्थाको चुक्तापुँजी ८० करोड तथा जगेडा कोषमा १० करोड ६० लाख रहेको छ । यसको प्रधान कार्यालय हरिहर भवन, ललितपुर तथा शाखा कार्यालयहरू काठमाडौंको चाबहिल, चुच्चेपाटी, कान्ती राजपथ हेटौंडा, आदर्श नगर वीरगञ्ज, चारआली बिर्तामोड, थानारोड दमक, कलैया बजार बारा, म्यानरोड जितपुर, कदमचोक जनकपुर, सहिदचोक नारायणघाट चितवनमा छ ।

 

प्रतिक्रिया दिनुहोस्