रुसलाई विश्व कपको आयोजनाबाट कति फाइदा

मस्को-पछिल्लो समयमा खेल मनोरन्जनका साधन मात्रै नभएर यसको अर्थ व्यवस्थासँग पनि सम्बन्ध हुन थालेको छ । यसै कारणले होला कुनैपनि मुलुक फिफा विश्व कपको आयोजनाका लागि इच्छा व्यक्त गर्छन् ।विश्व कप फुटबलले खेलाडी, आयोजक तथा आयोजक देशको अर्थव्यवस्थालाई पनि फाइदा गर्छ ।
यस पटकको विश्व कपको आयोजना गर्ने मुलुकको रुपमा रुस रहेको छ । यो मुलुकले खेललाई हतियार बनाएर आफ्नो मुलुकमा लगानी पनि बढाउने उद्देश्य राखेको छ । आयोजकले फुटबल महाकुम्भको समयमा रुसमा विश्वभरीबाट करिब ६ लाख मानिस आउने अपेक्षा रुसले गरेको छ ।
रुसले विश्व कपको आयोजनाका लागि ११ सय करोड डलर खर्च गरेको छ र ३ हजार करोड डलरको आम्दानी गर्ने लक्ष्य रुसले गरेको छ ।
म्याकेन्जी कन्सलटेन्सीको एक प्रतिवेदन अनुसार विश्व कपको आयोजनाले रुसको कुल गाहर््स्थ्य उत्पादन अर्थात् जीडीपीमा १५ सय करोड डलरको फाइदा हुनेछ ।