ओप्पो एफ सेभेन युथ छिट्टै नेपालमा «

ओप्पो एफ सेभेन युथ छिट्टै नेपालमा

चिनियाँ टेक कम्पनीको पछिल्लो ग्याजेट ओप्पो एफ सेभेन युथ छिट्टै नै नेपालमा सार्वजनिक हुने भएको छ । यो ओप्पोको एआई ब्युटी २.० फिचर सहितको सेल्फी एक्पर्टको सबैभन्दा पछिल्लो भर्सन हो ।
सुपसपुल स्क्रिनमा उपलब्ध उफसेभेन युथसनराइज रेड, मुनलाइट सिल्भर र डायमन्ड ब्ल्याक गरी तीन भिन्न रंगमा नेपालमा सार्वजनिक गर्दैछ । “ओप्पो एफसेवेन र एफसेवेन ६ जीबी सार्वजनिक गरेदेखि नै हरतवरले युवा लक्षित निर्मित एफसेवेनको नयाँ भ्यारियण्ट पनि सार्वजनिकका लागि हामीलाई निरन्तर माग र अनुरोध प्राप्त भइरहेको थियो,” ओप्पो नेपालद्वारा जारी प्रेस विज्ञप्तिम नेपालका लागि ओप्पोका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भनेका छन्, “यही मागलाई दृष्टिगत गर्दै हामीले निकट भविष्यमै एफसेवेनअन्तर्गत नयाँ भ्यारियण्ट एफसेवेन युथ सार्वजनिक गर्दै छौँ, नयाँ तथा अत्याधुनिक प्रविधि सुसज्जित नयाँ फोन निकै आकर्षक मुल्यमा उपलब्ध गराउने हाम्रो योजना छ ।”
उपभोक्ताका माग र आवश्यकताको सम्बोधन गर्नु कम्पनीको प्राथमिकता रहेको बताउने उनले सार्वजनिक मिति भने खुलाएका छैनन् । यसै महिना सार्वजनिक एफ सेभेन युथ १५५ ग्राम तौल, ७.८ मिलिमिटर पातलो, एन्ड्रोइड ८.१ ओरियो अपरेटिङ सिस्टम र नयाँ कलरओएस ५.० मा आधारित फोन हो । ओप्पो विशेष गरि युवा केन्द्रित र सेल्फी केन्द्रित स्मार्टफोन उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्