जनताको उत्साह नै मेरो जितको आधार

जनताको उत्साह नै मेरो जितको आधार
डा. प्रकाशशरण महत
प्रतिनिधिसभा सदस्यका उम्मेदवार, नेपाली कांग्रेस
काठमाडौं क्षेत्र नं. ५
नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्, डा. प्रकाशशरण महत । ऊर्जामन्त्री तथा परराष्ट्रमन्त्रीसमेत भइसकेका महत काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ सांसदका उम्मेदवार छन् । मतदाताको बलियो समर्थन आफूलाई रहेको बताउने महत आर्थिक समृद्धि, संविधान कार्यान्वयन र विधिको शासनका लागि कांग्रेसको जित आवश्यक रहेको बताउँछन् । कांग्रेसको बलियो संगठन, रापपाको समर्थन र वाम गठबन्धनबाट असन्तुष्ट एमाले–माओवादीकै कार्यकर्ताको मत पाउने भएकाले आफ्नो जित सुनिश्चित भएको महतको दाबी छ । उनै महतसँग आसन्न निर्वाचन, चुनावी अभियान र एजेन्डाका बारेमा कारोबारकर्मी जगन्नाथ दुलालले गरेको कुराकानीको सार :
मत माग्न जनताको घरदैलोमा पुगिरहनुभएको छ, कस्तो पाउनुभएको छ मतदाताको प्रतिक्रिया ?
एकदमै रामो प्रतिक्रिया पाइरहेको छु । सबै मतदाताकहाँ पुगेको छु । उहाँहरूले मरो उम्मेदवारीमा खुसी व्यक्त गर्नुभएको छ । लामो समयदेखि यही क्षेत्रसँग जोडिएको छु । उहाँहरूले सम्भावना भएको, विकास गर्न सक्ने नेताका रूपमा लिएको पाएको छु । यस क्षेत्रका मतदाताको समर्थनबाट उत्साही छु । अहिले पनि मतदातासँग भेटघाट, छलफल चलिरहेको छ ।
तपाईंका एजेन्डाहरू के छन् ? के भनेर मत मागिरहनुभएको छ ?
लोकतान्त्रिक मूल्य–मान्यता स्वतन्त्रताको जग हो । कानुनी शासनमा मात्र लगानी आउँछ । नियन्त्रण र निषेध भएको ठाउँमा लगानी आउँदैन । लगानी ल्याउन सकियो भने अवसरको सिर्जना हुन्छ । त्यसकारण मेरो क्षेत्रमा व्यापक लगानी भित्र्येर रोजगारी सिर्जना गर्नु मेरो मुख्य एजेन्डा हो । त्यस्तै, शिवपुरी राष्ट्रिय निकुञ्जआसपास चितवन राष्ट्रिय निकुञ्ज वरिपरिजस्तै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नेछु । यहाँ टोखा, गहनापोखरीलगायतका धार्मिक, सांस्कृतिक महत्व स्थलहरू छन् । ती स्थलको संरक्षण र संवद्र्धन गर्नेछु । ती स्थललाई पर्यटकीय स्थलका रूपमा विकसित गर्ने गरी नयाँ योजनाहरू ल्याउनेछु । त्यस्तै जनताले आफ्नो दुःख, मेहनतले धेरै पुँजी लगाएर घर बनाएका छन् । ती संरचना भत्काउने कुरा भएन । त्यसलाई नभत्काईकन अरू विकल्प अपनाएर सडक, ढल, पानीको उचित व्यवस्था गर्नेछु । त्यस्तै यो क्षेत्रमा धेरै युवा क्लब र महिला समूहहरू छन् । थोरै लगानी गरेर महिला समूहलाई सहयोग गर्दा ठूलो उपलब्धि हासिल हुने देखिन्छ । त्यसमा ध्यान दिनेछु । युवाहरूका लागि खेलकुदमा लगानी बढाउनेछु । खेलकुदको विकास भयो भने युवाको क्षमता विकाससँगै शारीरिक र मानसिक स्वास्थ्य पनि रामो हुन्छ । युवाहरू सिर्जनशीलताको बाटोमा लाग्न सहयोग पुग्छ । टुकुचालाई स्वच्छ पानी बग्ने नदीका रूपमा पुनःस्थापित गर्नेछु । मेरो क्षेत्र मात्र नभई पूरै काठमाडौंको समस्या प्रदूषण हो । काठमाडौंलाई प्रदूमुक्त बनाउनु छ । केही समयमै नेपाल विद्युत्मा आत्मनिर्भर मात्र होइन, त्योभन्दा बढी उत्पादन हुँदैछ । हामीले त्यो ऊर्जा निर्यात गर्ने भन्दा पनि त्यसलाई स्वदेशमै उपयोग गरेर प्रदूमुक्त बनाउन सकिन्छ । ऊर्जा पर्याप्त भएपछि २० वर्षको लक्ष्य राखेर इलेक्ट्रिक सवारी साधन चलाउनुपर्छ । यसका लागि म नीतिगत रूपमै दबाब दिन सक्छु । यसका तीनवटा फाइदा छन् । एउटा त डिजेल, पेट्रोल आयात नहुँदा विदेशमा जाने पैसा नेपालमै रहने भयो । अर्को, प्रदूषणमुक्त हुने भयो भने नेपालको बिजुली कसलाई बेच्ने भन्ने चिन्ता भएन । यिनै एजेन्डासहित राष्ट्रिय सन्दर्भमा कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गर्नु छ । संविधान कार्यान्वयन गर्दै समृद्धिको बाटोमा जानका लागि कांग्रेसको जित आवश्यक छ । हामीले हामो घोषणापत्रमार्फत पनि यो कुरा भनेका छौं ।
एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन बनेको छ । आफ्नो जितका लागि कत्तिको चुनौती देख्नुभएको छ ?
मैले सुनेको छु, वाम गठबन्धनका उम्मेदवार ईश्वर पोखरेलजी सोतसाधन खर्च गर्ने गरी लाग्नुभएको छ । म त सीधा मान्छे । जनताको मन जितेर मत लिने कोसिस गरिरहेको छु । जनताको घरघर पुगिरहेको छु । सबै मतदातालाई भेट्न समयका हिसाबले अत्यन्तै चाप छ । समय अभावले सबै मतदातासँग भेट्न नसकिएला कि भन्ने मात्र चिन्ता छ । सबैलाई समेटेर जान्छु । रापपाले पनि मलाई सहयोग गर्ने भनेको छ । माओवादी र एमालेभित्र वाम गठबन्धनको विषयलाई लिएर असन्तुष्टहरू पनि छन् । उहाँहरूको समेत मत मलाई आउन सक्छ । उसै पनि यो क्षेत्र नेपाली कांग्रेसको बलियो संगठन भएको क्षेत्र हो । नरहरि आचार्यजीले दुई पटक जित्नुभएको क्षेत्र हो । त्यसकारण वाम गठबन्धन भए पनि माओवादीको मतलाई रापपाले सन्तुलन गर्छ । स्थानीय निर्वाचनमा एमाले र माओवादीका उम्मेदवारहरूले ल्याएको भोटलाई मिलाएर सबै ठाउँमा जितिन्छ भनेर अहिले उहाँहरूले हल्ला चलाइरहनुभएको छ । चुनाव उहाँहरूले आकलन गरेजस्तो अंकगणितमा चल्दैन । स्थानीय चुनावको आफ्नै खालको डाइनामिक एजेन्डा थियो । यो राष्ट्रिय स्तरको निर्वाचनको राष्ट्रिय एजेन्डा हुन्छ । यसमा उहाँहरू उल्टो बाटो हिँडिरहनुभएको छ । त्यसलाई जनताले स्विकार्दैनन् । त्यसैले उहाँहरूले सोचेजस्तो मतपरिणाम आउनेवाला छँदै छैन । त्यसैले हामीले बहुमत ल्याउँछौं । यहाँका मतदाता लोकतन्त्रका पक्षमा, विकास, समृद्धि र राजनीतिक स्थिरताको पक्षमा हुनुहुन्छ । समृद्धि र त्यसका लागि विधिको सुनिश्चितता कांग्रेसको विचारबाट मात्र सम्भव छ । जनताको जुन उत्साह र समर्थन देखिएको छ यसबाट मलाई लाग्छ, मेरो जित निश्चित छ ।
काठमाडौं–५ का मतदाताले कांग्रेसलाई नै मत किन दिने ?
म ऊर्जा र परराष्ट्रमन्त्रीसमेत भइसकेको व्यक्ति भएकाले त्यही अनुसार एजेन्डाहरू प्रस्तुत र कार्यान्वयन गर्न सक्छु । त्यसैले मलाई काठमाडां–५ का जनताले चुन्छन् भन्नेमा विश्वस्त छु । वाम गठबन्धनले लान खोजेको कम्युनिस्ट अधिनायकवादको बाटोले देश समृद्धिको दिशामा जाँदैन भन्ने कुरामा यस क्षेत्रका जनता जानकार छन् । जनता र कार्यकर्ताहरूले पनि मलाई राम्रो विश्वास गर्छन् । मैले खुला रूपमा समाजसेवा र राजनीतिक सेवा गर्दै आएको छु । त्यसैले पनि मलाई जनताले विजयी गराउँछन् भन्ने विश्वास छ ।
अन्त्यमा मतदातालाई के भन्न चाहनुहुन्छ ?
मुलुकमा रहेको वर्ग, जाति, जनजाति, सम्प्रदाय, क्षेत्रलगायतको एकताले नै यो देशको राष्ट्रियता मजबुत हुन्छ, यसमा विभाजन आयो भने राष्ट्रियता कमजोर हुन्छ । हिमाल, पहाड र मधेसका सम्पूर्ण नेपालीलाई एक ठाउँमा ल्याउने सवालमा पनि हामी एक ठाउँमा छौं । आर्थिक समृद्धिको पहुँचमा जनतालाई पु¥याउनका लागि पनि कांग्रेस कटिबद्ध छ । जनताको स्वतन्त्रता, मानवअधिकार र विधिको शासनमा पनि कांग्रेस विश्वास गर्छ । अर्को, मेरो व्यक्तिगत कुरा पनि छ, अहिले कांग्रेसले उठाएका एजेन्डालाई सही किसिमले प्रस्तुत गर्ने, त्यही किसिमका कानुन निर्माण र त्यही किसिमको व्यवस्थापन गर्ने क्षमता मैले राखेको छु । यो क्षेत्रका मतदाताले मलाई वर्षौंदेखि चिन्नुहुन्छ । उहाँहरूले यस पटक मलाई मतदान गरेर अवसर दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।