रियलले ल्यायो मोक्टेल्स «

रियलले ल्यायो मोक्टेल्स

डाबर नेपालले रियल मोक्टेल्सअन्तर्गत दुई भिन्न स्वाद, पिना कोलाडा र भर्जिन म्यारीको बिक्री वितरण सुरु गरेको छ । रेस्टुरेन्ट्स तथा बारमा गई मोक्टेल्स, कक्टेल्सको अनुभव लिने र सोही स्वाद र अनुभव घरमै परिवार तथा साथीहरूसँग बसेर लिन चाहनेका लागि यो उत्तम विकल्प हुने कम्पनीको दाबी छ । रियल मोक्टेल्स विज्ञहरूद्वारा उचित सामग्रीहरूको प्रयोग र मिश्रणबाट तयार गरिन्छ जसले केवल प्याक खोलेर रेस्टुरेन्ट्स तथा बारको मोक्टेल्स जस्तै आनन्दको अनुभूति दिनेछ भन्दै डाबरले सधैं आफ्ना ग्राहकहरूलाई खुसी राख्न प्रयास गर्ने बतायो । डाबर नेपालका सेल्स तथा मार्केटिङ प्रमुख उपेन्द्र प्रधानले बजारमा मोक्टेल जुसको ठूलो सम्भावना रहेको बताए । रियल मोक्टेल, आकर्सक टेट्रा प्याकमा हाल १ लिटरको प्याकमा उपलब्द छ जसको मूल्य २ सय २० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्