२ करोड ३३ लाखमा बिक्यो विश्वकै महँगो ब्याग
लन्डनमा १० वर्ष पुरानो हर्मेस बर्किन ब्याग २ लाख १७ हजार १ सय ४४ डलर अर्थात २ करोड ३३ लाख ६० हजार रुपैयाँमा बिक्री भएको छ ।
यो मूल्यले युरोपमा एउटै ब्यागको यती धेरै मूल्य पर्ने नयाँ कीर्तिमान बनाएको छ ।१८ क्यारेट ह्वाइट गोल्ड हिरा जडित लक भएको यो हिमालया बर्किन ब्यागको मूल्य मंगलबार बढेर १ लाख ५० हजार पाउन्ड पुगेको थियो ।
यो भन्दा पहिले लीलामीमा सबैभन्दा महँगो ब्याग बिक्रीको कीर्तिमानी पनि हर्मेस बर्किन ब्यागकै थियो । २०१७ मा हङकङमा यो कम्पनीको ब्याग ३ लाख ८० हजार डलरमा बिक्री भएको थियो । लीलामी घर क्रिस्टीले यो निर्विवाद रुपमा विश्वकै सबैभन्दा महँगो ब्याग भएको जनाएको छ ।
युरोपमा ब्यागको लीलामी गरिएको यो पहिलो पटक भएको लीलामी निर्देशक म्याथ्यू रुबिनगरले बताएका छन् । यो ब्याग ३० सेन्टिमिरटर चौडा छ र यो सुरुको बर्किन ब्याग भन्दा सानो छ ।नयाँ बर्किन ब्यागको मूल्य करिब १० लाख ८ हजार रुपैयाँबाट सुरु भएको थियो । यो ब्याग किन्नका लागि मानिसलाई केही समय कुरेर बस्नु परेको थियो ।
फ्रान्सको विलाशी फेसन हाउस हर्मेसले १९८१ मा एक ब्यागको डिजाइन गरेको थियो । उक्त ब्यागलाई बर्किन नाम दिइएको थियो । यसको नाम अभिनेत्रृ तथा गायीका जेनी बर्किनको नामबाट राखिएको थियो । यो ब्याग हाल विश्वभरी लोकप्रिय भएको छ ।