कलर्सले ल्यायो एस १ स्टाइलिस र सेल्फी फोन

कलर्स मोबाइलले नयाँ एस शृंखलाको एस १ बजारमा उपलब्ध गराएको छ । यो फोनले उच्चकोटीको फोन हुनुको महसुस गराउँछ भने सुलभ मोलको हाराहारीमा भइकन पनि यो फोन अतुलनीय विशेषताहरूले भरपुर रहेको कम्पनीको दाबी छ । मेटालिक निर्मित भएको यो फोनले आफ्नो ढाँचाबाट प्रयोगकर्ताहरूको ध्यान खिच्नेमा र उनीहरूलाई एकको स्टाइलाको थप अनुभूति दिलाउनेमा विश्वस्त हुन सकिने भन्दै कम्पनीले स्टाइल एन्ड सेल्फी ब्यानरअन्तर्गत यो फोनलाई प्रस्तुत गरेको जनाएको छ । एस शृंखलाको यो फोन बजारमा पेस भएसँगै यसमा भएको अत्यन्त उच्चकोटीको धातुप्रद बनावटले सुलभ फोनको परिभाषामा नै बदलिदिनेछ, टेलिटक प्रालिका प्रमुख कार्यकारी अधिकृत सञ्जय अग्रवालले फोन बिक्री शुभारम्भका अवसरमा बताए । एस १ मा पछाडिपट्टी ८ मेगापिक्सल क्षमताको र अगाडिपट्टी ५ मेगा पिक्सल क्षमताको क्यामरा जडान गरिएको छ । साथै दुवैतिर फ्ल्याससमेत भएको कारण प्रयोगकर्ताहरूले सेल्फी लिन होस् या फोटोहरू खिच्न दुवै काममा सहजता महसुस गर्नेछन् । यस्तै नवीनतम् एन्ड्रोइड एन (नोगात ७.०) बाट सञ्चालन हुने र बहु–पक्षीय एप युक्त औंठाछाप सेन्सर भएको यो एस १ फोन यसै शृंखलाको अन्य फोनभन्दा भिन्न धातुको खोलमा निर्मित भएकाले यसको बनावट नै अत्यन्त आकर्षक बनेको छ । उत्कृष्ट गुणस्तरको यो फोनको बजार मूल्य ९ शजार ९ सय ९५ कायम गरिएको छ । साथै यो फोनको खरिदमा एनसेलको १२ सातासम्म १०० एमबी डाटा निःशुल्क प्रदान गरिने घोषणा कम्पनीद्वारा गरिएको छ