तेलको मूल्य साढे दुई वर्षकै उच्च नजिक «

तेलको मूल्य साढे दुई वर्षकै उच्च नजिक

शुक्रबार तेलको मूल्य उकालो लागेर साढे दुई वर्षकै उच्च नजिक पुगेको छ । आगामी वर्षको अन्त्यसम्म दुई दर्जन तेल उत्पादक मुलुकहरू उत्पादन सीमित पार्न राजी भएपछि तेलको मूल्य उकालो लागेको हो ।
अमेरिकी कच्चा तेलको मूल्यमा ९८ सेन्ट अर्थात् १.७ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ५८.३८ डलर कायम भएको छ । यो मूल्य यो वर्षकै उच्च अर्थात् ५९.०५ डलरको नजिकै हो । यो मूल्य २०१५ को जुलाईदेखिकै उच्च हो ।अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्यमा १.११ डलर अर्थात् १.८ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ६३.७४ डलर कायम भएको छ । यो मूल्य पनि गत महिनाको ६४.६५ डलर नजिकै हो । यो मूल्य २०१५ को जुनदेखिकै उच्च हो ।“ओपेकको बैठकपछि मूल्य उकालो लागेको हो,” ऊर्जा फर्म अगेन क्यापिटलका ऊर्जा विश्लेषक जोन किल्डफले बताए ।ओपेक समूहका १४ सदस्य तथा रूस र अन्य ९ उत्पादकले बिहीबार आगामी वर्षको अन्त्यसम्ममा प्रतिदिन १८ लाख ब्यारेल तेल उत्पादन गर्ने विषयमा राजी भएका थिए । विश्वव्यापी तेलको आपूर्तिमा भएको वृद्धि रोक्न र तेलको मूल्य बढाउनका लागि उत्पादकहरू गत वर्षको हिउँदमा सहमतिमा पुगेका थिए । उनीहरूले पुनः उत्पादन सीमित राख्ने विषय विस्तार गर्ने कुरामा सहमति जनाएका छन् । उत्पादकहरूले गरेको उक्त सहमतिका बाबजुद तेलको मूल्य ओरालो लाग्ने विश्लेषकहरूले अपेक्षा गरेका छन् ।तर, ओपेकका दुई सदस्य राष्ट्रहरू नाइजेरिया र लिबियाले पनि उत्पादनलाई सीमित पार्ने विषयम सहमति जनाएपछि उत्पादन कटौतीको अपेक्षा सफल हुने फालिहले बताए । यी दुई मुलुकलाई उत्पादन कटौतीको सम्झौतामा उन्मुक्ति प्रदान गरिएको आरबीसी क्यापिटल मार्केट्सका वस्तु रणनीतिका विश्वव्यापी प्रमुख हेलिमा क्रफ्टले बताइन् ।

प्रतिक्रिया दिनुहोस्