बेल्जियममा लुम्बिनी अन्तरराष्ट्रिय सम्मेलन «

बेल्जियममा लुम्बिनी अन्तरराष्ट्रिय सम्मेलन

काठमाडौं: लुम्बिनी कपिलवस्तु विश्व अभियानले बेल्जियमको ब्रसेल्समा विश्व शान्ति नगर लुम्बिनी नेपाल नामक अन्तरराष्ट्रिय सम्मेलन आयोजना गरेको छ । विश्व मञ्चमा लुम्बिनीको प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी विकास कोषको सहकार्यमा उक्त सम्मेलन भएको हो । 

सम्मेलनमा नेपाली दूतावास, बेल्जियम,  गैरआवासीय नेपाली संघ बेल्जियम र बेल्जियम नेपाल फ्रेण्डशिप एसोसिएसनलगायत संस्था प्रायोजक रहेका थिए । 

सम्मेलनमा बेलायतको दुरहाम विश्वविद्यालयका पुरातत्व विभागका तर्फबाट युनेस्को चेयर फेलो डा. मार्क मेनुअललगायतले कार्यपत्र प्रस्तुत गरेका थिए । 

लुम्बिनी विकाश कोषका सदस्य सचिव अजितमान तामाङको कार्यपत्रलाई डा. कृष्णप्रसाद अर्यालले प्रस्तुत गरेका थिए । सम्मेलनले ४ बुँदे ब्रसेल्स घोषणापत्र जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्