Logo

युनाइटेड इन्स्योरेन्सको साधारणसभा सम्पन्न

युनाइटेड इन्स्योरेन्स (नेपाल)को २४ औं वार्षिक साधारणसभा आइतबार कार्की ब्याङ्केट, बबरमहल काठमाडांैमा सौहाद्र्धपूर्ण वातावरणमा सम्पन्न भएको छ । वार्षिक साधारणसभाबाट कम्पनीको वार्षिक प्रतिवेदन पारित गर्दैै आव ०७३/७४ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, आय–व्यय हिसाव तथा नगद प्रवाह विवरण स्वीकृत भएको कम्पनीले जनाएको छ । कम्पनीको आव ०७४/७५ को लेखापरीक्षण कार्य गर्नको लेखापरिक्षक मदन निरौला एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने निर्णय गरिएको उक्त सभामा उपस्थित सर्वसाधारण सेयरधनी महानुभावहरूबाट कम्पनीको सुधार हुँदै गइरहेको आर्थिक अवस्थालाई मध्यनजर गर्दै आगामी दिनहरूमा अझ सुधार हुने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्